२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेलायतमा दादुरा संक्रमण बढ्दैं

बेलायतमा दादुरा संक्रमण बढ्दैं


लन्डन—स्वास्थ्य अधिकारीहरुका अनुसार युकेमा दादुरा संक्रमण बढ्न थालेको छ । समाचार एजेन्सीहरुकाअनुसार बेलायतमा दादुरा भाइरस अविश्वसनीय तरिकाले फैलिइरहेको छ ।

बेलायतभर गत वर्षभरि दादुराका जम्मा ५४ केसहरु थिए । तर, यो नयाँ वर्ष २०२३ को चार महिनासम्म आइपुग्दा दादुरा केस बढेर ४९ पुगेको छ ।

युके स्वास्थ्य सुरक्षा निकायले दादुरा संक्रमित बच्चाहरुका अभिभावकहरुलाई निश्चित समयसम्म खोप लगाइदिन प्रोत्साहन गरिरहेका छन् ।

दादुराको मुख्य लक्षणहरुमा दाना र खटिरा देखिएका छ । तर, यो मस्तिष्क ज्वरोको गम्भीर कारण हुन सक्छ र संक्रमण घातक हुन सक्छ । त्यही कारण हो बच्चाहरुलाई नियमित रुपमा दादुरा र भाइरल रोगहरुको खोप दिइन्छ ।
खोपको दर कोभिड माहामारीभन्दा पहिले नै न्यून भएको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पहिले नै दादुराका लागि खतराको चेतावनी दिएको थियो । ज्वरो आएको मानिसहरु जो खोपबाट बचे र यो अचानक तीब्र रुपमा फैलियो ।

युकेको बढ्दो दादुरा संक्रमण लण्डनमा केन्द्रित भएको छ । तर, अन्य ठाउँमा पनि संक्रमण छ । १२ केसहरु विदेशबाट आएकाहरुमा पाइएको छ ।

डा. भनिसा सलिबा भन्छिन्, ‘हामीले सबै अभिभावकहरुलाई उनीहरुको बच्चालाई निश्चित रुपमा दुई खोप दिनकोे लागि बोलाउदैछौं । यो खोप सबैले फ्रिमा पाउन सक्छन् । तिम्रो उमेर के छ यसले फरक पार्दैन । र, यो खोपको लगाउनको लागि कहिल्यै पनि ढिला हुँदैन् ।’ दादुरा खोप युकेमा सन् १९६८ देखि नै लगाइदैं आइएको छ ।

बीबीसीबाट


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ