२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यल्याप्रोस्कोपीक र गाइनोकोलोजीक सर्जरीबारे पहिलो राष्ट्रिय गोष्ठी सम्पन्न

ल्याप्रोस्कोपीक र गाइनोकोलोजीक सर्जरीबारे पहिलो राष्ट्रिय गोष्ठी सम्पन्न


काठमाडौं—नेपालमा ल्याप्रोस्कोपीक र गाइनोकोलोजी सर्जरी सम्बन्धि पहिलो राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । शनिबार काठमाडौंको हायात प्यालेसमा स्वदेशी तथा विदेशी विशेषज्ञहरुको उपस्थितीमा उक्त गोष्ठी सम्पन्न भएको हो ।

नेपाल नेशनल हस्पिटलको आयोजनामा उक्त गोष्ठीको आयोजना भएको हो । गोष्ठी आयोजनामा नेपाल प्रसूति तथा स्त्री रोग विशेषज्ञ समाज (नेसोग) र नेपाल स्त्री क्यान्सर रोग समाज (गोसोन)को समेत सहकार्य रहेको थियो ।

विहान साढे ८ बजेबाट सुरु भएको गोष्ठीमा नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले स्वागत मन्तव्य तथा कार्यक्रमको परिचय दिएका थिए ।

कार्यक्रममा डा. राजन शाह, डा. ज्योत्सना शर्मा, डा. सन्दीप श्रेष्ठ, डा. ज्यानमिङ सङ, डा. मनोजकुमार श्रेष्ठ, डा. यान क्वाङ, डा. गणेश दंगाल, डा. रिसद पासिकले विभिन्न विषयमाथि प्रस्तुती दिएका थिए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ