२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअध्ययन भन्छ, ‘कोभिड–१९ महामारीले बच्चा जन्माउने डर बढेको छ’

अध्ययन भन्छ, ‘कोभिड–१९ महामारीले बच्चा जन्माउने डर बढेको छ’


अमेरिका—नयाँ डार्टमाउथ अध्ययन अनुसार कोभिड–१९ महामारीले गर्भवती महिलाहरूमा बच्चा जन्माउने चिन्ता बढाएको छ । अन्वेषकहरू विशेष गरी संयुक्त राज्य अमेरिकामा बच्चा जन्माउने डरको भविष्यवाणी गर्ने कारकहरू र महामारीले यो डर र जन्म परिणामहरूलाई कसरी परिवर्तन गरेको छ भनेर निर्धारण गर्नमा रुचि राखेका थिए ।

यो अनुसन्धान इभोलुसन, मेडिसिन र पब्लिक हेल्थ जर्नलमा प्रकाशित भएको थियो । ‘हाम्रा नतिजाहरूले नमुनामा बच्चा जन्माउने डरको साँच्चै उच्च दरहरू देखाए,’ डार्टमाउथका मानवशास्त्रका एशोसिएट प्रोफेसर जेनेटा थायर ०८ भन्छन् । हामीसँग पहिलाको महामारीसँग तुलना गर्न सकिने यस सम्बन्धि कुनै तथ्यांक तथ्यांक छैन । थाहा छ कि प्री–प्यान्डेमिक प्रकाशित भएका विषयहरूमा अन्य अन्तर्राष्ट्रिय अध्ययनहरूको तुलनामा दरहरू धेरै उच्च छन् ।’

अध्ययनले कोभिड १९ र प्रजनन प्रभाव अध्ययनको तथ्यांक एउटा अनलाइन सर्वेक्षणबाट गरिएको थियो, जसमा कोभिड—१९ ले गर्भवती महिलाको कल्याण र स्वास्थ्य हेरचाह अनुभवहरूलाई कसरी असर गर्छ भनेर हेरिएको थियो ।

तिनीहरूले अप्रिल २०२० देखि फेब्रुअरी २०२१ सम्म १ हजार ७७५ व्यक्तिहरूबाट प्रसवपूर्व तथ्यांक र १ हजार ११० सहभागीहरूबाट तिनीहरूको निर्धारित मितिको एक महिना पछि प्रसवोत्तर तथ्यांक संकलन गरेका थिए । जसमा गर्भवती अनुभव र जन्म परिणामहरूबारे जानकारी समावेश गरिएको थियो ।

सहभागीहरूको ठूलो हिस्सा अर्थात ८७ प्रतिशत सेतो रूपमा पहिचान गरिएको र ५४ प्रतिशत प्रति वर्ष युएस डलर १ लाखभन्दा बढी कमाउने घरहरूबाट आएका थिए । नतिजाहरूले देखाए कि ६२ प्रतिशत सहभागीहरूमा चिकित्सकीय रूपमा उच्चस्तरको बच्चा जन्माउने डर थियो जसलाई ‘टोकोफोबिया’ पनि भनिन्छ ।

गोरा आमाहरूको तुलनामा काली आमाहरूमा बच्चा जन्माउने डर हुने सम्भावना ९० प्रतिशत बढी हुन्छ । जुन शोधकर्ताहरूले बताएअनुसार तिनीहरूको प्रसूति हेरचाहको क्रममा नस्लवादको अनुभवलाई प्रतिबिम्बित गर्न सक्छ ।
प्रति वर्ष ५० हजार वा सो भन्दा कमको न्यूनतम घरायसी आय वर्गका व्यक्तिहरू र कलेज डिग्री नभएकाहरूमा पनि बच्चा जन्माउने डर उच्चस्तरमा थियो । यसबाहेक, उच्च जोखिममा रहेको गर्भावस्था, जन्मपूर्व अवसाद र पूर्व–अवस्थित स्वास्थ्य अवस्था पनि बच्चा जन्माउने डरसँग सम्बन्धित थियो ।

सुत्केरी हुने डर भएका व्यक्तिहरूमा गर्भावस्थाको ३७ हप्ताभन्दा कम समयमै प्रसूति हुने सम्भावना ९१ प्रतिशत बढी हुन्छ । कोभिड—१९ सम्बन्धित सरोकारहरूको सन्दर्भमा सहभागीहरूले विशेष गरी उनीहरूले प्रसूतिको समयमा आफूले चाहेको समर्थन व्यक्तिहरू पाउन नसक्ने र कोभिड–१९ बाट बिरामी भएमा उनीहरूको बच्चा उनीहरूबाट खोसिनेछ भनेर चिन्तित रहेको संकेत गरे । उनीहरुलाई गर्भावस्थामा कोभिड–१९ भएमा बच्चालाई पनि हुन सक्ने चिन्ता पनि थियो ।

‘यस अनुसन्धानको एउटा उत्प्रेरणा यो थियो कि मानिसहरूले बच्चा जन्माउने वातावरण विगत १०० वर्षमा परिवर्तन भएको थियो,’ थायर भन्छन्, ‘जन्मसँग परिचितता धेरै थियो । तर, अब अमेरिकामा लगभग सबै जन्महरू अस्पतालमा हुन्छन् ।’

‘आजकल धेरै महिलाहरूका लागि उनीहरूले पहिलो पटक बच्चा जन्माउने अनुभव गर्छन् । जब उनीहरू आफैंले बच्चा जन्माउँछन् । जसले तनाव र चिन्तामा योगदान पु¥याउन सक्छ,’ थायर थप्छन् ।

सन् १९८० को दशकमा स्वीडेन र फिनल्याण्डका अनुसन्धानकर्ताहरूले बच्चा जन्माउने डरको अध्ययन गरेका थिए । जसमा गर्भवती व्यक्तिहरूको पीडा व्यवस्थापन गर्ने चिन्ता, आफू वा आफ्नो बच्चालाई हुन सक्ने सम्भावित हानी वा मृत्युको जोखिम र बच्चा जन्माउने प्रक्रियाको डर समावेस छ । अनुसन्धानको नतिजाको रूपमा फिनल्याण्डमा गर्भवती मानिसहरूलाई उनीहरूको मातृ हेरचाहको भागको रूपमा बच्चा जन्माउने डरको लागि जाँच गरिन्छ ।

डार्टमाउथको अध्ययन संयुक्त राज्य अमेरिकामा टोकोफोबिया मापन गर्न पहिलो प्रकाशित अध्ययनहरूमध्ये एक हो । थायर भन्छन्, ‘हाम्रा खोजहरूले गर्भवती व्यक्तिहरू अमेरिकी जन्म वातावरणमा तनावग्रस्त छन् । उनीहरूलाई चाहिने भावनात्मक समर्थन नपाएको चित्रण गर्दछ । र, कोभिड—१९ महामारीले ती डरहरूलाई थपेको छ ।’

लेटस्टाइलबाट भावानुवाद


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ