२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यप्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै

प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै


काठमाडौं—सिनामंगलस्थित प्रोमेड मल्टीस्पेसियालिटी क्लिनिकले निःशुल्क हेडएक एण्ड भटाईगो शिविर संचालन गर्ने भएको छ । शनिबार विहान ८ बजेदेखि निःशुल्क डेटएक एण्ड भर्टाइगो शिविर संचालन हुने प्रोमेडले जनाएको छ ।

शिविरमा वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला र कन्सल्ट्यान्ट फिजिसियन डा. परशुराम घिमिरेले बिरामीको स्वास्थ्य परीक्षण गर्नेछन् । शिविरमा निःशुल्क चेकजाँच तथा परामर्श हुनेछ । टाउको दुख्ने, रिगंटा लाग्नेजस्ता समस्या भएकाले बिरामीले शिविरबाट लाभ लिन सक्नेछन् ।

साथै, उक्त शिविरमा प्रयोगशाला परीक्षण, इसिजी र एक्स—रेमा २० प्रतिशत छुटको हुनेछ ।

लाइन्स क्लब अफ काठमाडौं किष्टल ल्याबसँगको सहकार्यमा उक्त शिविर आयोजना गरिएको हो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ