२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यकामना सेवा र एरोगिन हेल्थ केयरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता

कामना सेवा र एरोगिन हेल्थ केयरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता


काठमाडौं—कामना सेवा विकास बैंक र एरोगिन हेल्थ केयर एण्ड रिसर्च विशालनगरबीच स्वास्थ्य सेवा सम्बन्धि सम्झौता भएको छ । बैंक र एरोगिनबीच स्वास्थ्य सेवा छुट सम्बन्धि सम्झौता भएको हो ।

सम्झौताअनुसार कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले एरोजिन हेल्थ केयर एण्ड रिसर्चले प्रदान गर्ने कपाल प्रत्यारोपण र हेयरफल ट्रिट्मेन्टमा मा ४५% सम्मको छुट पाउनेछन् ।

यसैगरी, स्किन केयरमा ३० प्रतिशतसम्म, डेन्टल केयरमा २० प्रतिशतसम्म, डे केयर (२४/७ नर्सिङ्ग केयर) मा १५ प्रतिशतसम्म, फिजियोथेरापीमा ५ प्रतिशत, ल्याब सेवामा २५ प्रतिशतसम्मको छुटहरु प्राप्त गर्नेछन् सक्नुहुनेछ ।

बैंकसँग आबद्धताको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ र यस सम्झौताबाट बैंक आवद्धहरुले लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ । एरोगिन काठमाडौं विशालनगरमा रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ