२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यनेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण

नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण


काठमाडौं—नेपालमा थप ४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पछिल्लो २४ घण्टामा थप ४ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या ९ लाख ९१ हजार १९३ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या आइतबारसम्म ७० जना रहेको छ । जसमध्ये १ जना भेन्टिलेटर, १ जना आईसीयु र ३ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ