२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकसरी मानसिक स्वास्थ्यसँग जोडिन्छ दिदीबहिनीले लगाइदिने सप्तरंगी टीका

कसरी मानसिक स्वास्थ्यसँग जोडिन्छ दिदीबहिनीले लगाइदिने सप्तरंगी टीका


भाइटिकालाई तिहारको विशेष दिनको रुपमा लिइन्छ । यसका साथै यस दिन प्रयोग गरिने सप्तरंगी टिकालाई अझ विशेष रुपमा लिइन्छ । अन्य समयमा रातो टिका प्रयोग गर्ने हिन्दु धर्मावलम्बीहरुले आखिर यस समयमा चाहिँ किन सप्तरंगी टिका नै प्रयोग गर्छन् त? के यो पनि ब्यक्तिको शारीरिक वा मानसिक स्वास्थ्यसँग सम्बन्धित छन् त?

तिहारलाई नेपालीहरुको दोस्रो महान् चाडको रुपमा लिइन्छ । यस सम्बन्धि विभिन्न किवंदन्तीहरु भएता पनि आखिर सप्तरंगी टिका नै प्रयोग गर्नु पछाडिको राज के हुन सक्ला त? तिहारमा प्रयोग गरिने सप्तरंगी टिकाको रहस्य व्यक्तिको शारीरिक स्वास्थ्य नभई मानसिक स्वास्थ्यसँग सम्बन्धित रहेको छ । दिदीबहिनीले आफ्ना दाजुभाईको सु–स्वास्थ्य र दिर्घायुको निम्ति प्रयोग गरिने भन्ने विश्वास रहेको उक्त रंगहरुको विशेषताहरु निम्न रहेका छन् ।

पहेंलो तथा सुन्तला रंगः यो रंगले व्यक्तिलाई चनाखो रहन मद्धत गर्दछ । तसर्थ आफ्ना दाजुभाई दुश्मनदेखि चनाखो रहिरहुन् भन्ने मान्यताका साथ यस रंगको प्रयोग गरिन्छ । यसका साथै यी रंगहरुले व्यक्तिमा रहेको आफ्नो आत्मबलप्रतिको शंका हटी अन्य व्यक्तिसँगको आपसी सम्बन्ध सदैव उसैगरी न्यायो रहिरहोस् भन्ने उद्धेश्यका साथ पनि प्रयोग गर्ने गरिन्छ ।

उज्यालो हरियो रंगः यो रंग व्यक्तिको आर्थिक तथा वातावणीय सम्बन्धसँग सम्बन्धित छ । यस उज्यालो रंगले हरियालीको पनि संकेत गर्दछ । जसबाट उनीहरुको मन एक ध्यानमा रही शान्त बन्न सहयोग पुगोस् भन्ने ध्येयका साथ यसको प्रयोग गरिन्छ ।

रातो रंगः रातो रंगले व्यक्तिलाई सक्रिय बनाई परिस्थितीअनुसार छिटो सोही किसिमको निर्णय गर्न सक्ने क्षमताको विकास गराउँछ । आफ्ना सबै परिस्थितीसँग जुध्न तथा निर्णय लिन दिमाग चनाखो रहिरहोस् भन्नका निम्ति यो रंगको प्रयोग गरिन्छ ।

उज्यालो निलो रंगः व्यक्तिमा रहेको इमान्दारिता र आत्मविश्वास कायम रहिरहोस् भन्नका लागि यो रंगको प्रयोग गर्ने चलन रहेको पाइन्छ ।

गाढा निलो रंगः यस रंगले व्यक्तिप्रति अरुको भएको विश्वास, आफू स्वयंको नै आत्मविश्वास र शान्त गरहने बानीतर्फ संकेत गर्दछ । तसर्थ व्यक्तिमा यी सबै गुणहरु कायम रहिरहोस् भन्ने आशयका साथ यस रंगको प्रयोग गरिन्छ ।

सेतो रंगः सेतो रंगलाई शान्तिको प्रतीकको रुपमा लिइनछ । यसबाहेक यसले व्यक्तिलाई आफ्नो आत्मबललाई बलियो र उसैगरी कायम राखिराख्न मद्धत गर्दछ । जसकारण तिहारको सप्तरंगी रंगमा यस रंगलाई पनि समावेश गरिन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ