२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्ययी हुन् गुणकारी अदुवाका ११ फाइदा

यी हुन् गुणकारी अदुवाका ११ फाइदा


अदुवालाई संसारभर नै स्वस्थ्यकर र स्वादिष्ट मसला मानिन्छ । यसले खानालाई स्वादिष्ट बनाउन मात्र नभई व्यक्तिलाई पनि स्वस्थ्य रहन उत्तिकै सघाउ पु¥याउँछ । प्रत्येकको भान्छामा हुने यस अदुवालाई अन्य मसलाहरुमध्ये एक फाइदामुलक मसला मानिन्छ । हामीमध्ये धेरैले नजरअन्दाज गरेको अदुवाको फाइदाबारे वैज्ञानिकहरुले आफ्ना विभिन्न अध्ययन अनुसन्धानमार्फत पत्ता लगाई पुष्टि समेत गरेका छन् ।

१. मस्तिष्क र शरीरको लागि फाइदाजनक

अदुवा न्यूट्रिशन र बायोएक्टिभ कम्पाउन्ड्सले भरिपूर्ण मसाला हो । जसकारण यसले व्यक्तिको शरीर तथा मस्तिष्कमा अगन्य फाइदा प्रदान गर्दछ । यसले हाम्रो शरीरलाई स्फूर्त राखी दिमागलाई पनि तीक्ष्ण बनाउने गर्दछ ।

२. शक्तिशाली औषधिले भरिपूर्ण अदुवा

अदुवाको प्रयोग सर्वप्रथम चीनबाट भएको थियो । यसलाई प्राचीन समयदेखि नै घरेलु औषधिको रुपमा प्रयोग गर्दै आइएको छ । यसलाई पाचन प्रणालीमा सुधार ल्याउने तथा चिसोपनबाट लागेको सामान्य रुघाखोकीबाट बच्नको निम्ति प्रयोग गरिन्छ । ताजा, धुलो वा तेल जुनसुकै अवस्थाको पनि अदुवाको महिमामय महत्व रहेको छ ।

३. मर्निङ सिकनेश तथा वाकवाकीपनको राहतकर्ता

विशेष गरेर गर्भवती महिलाहरुमा गर्भावस्थाको दौरानमा मर्निङ सिकनेस बढी देखिने हुन्छ । उनीहरुलाई बिहान उठ्दा टाउको भारी हुने, वाकवाकी लाग्ने र रिंगटा लाग्ने र थकानको महसुस हुनेजस्ता आदि मर्निङ सिकनेस देखा पर्ने हुन्छ । त्यस्तो अवस्थामा अदुवाको प्रयोगले राहत ल्याउन सक्छ । १.५ ग्राम मात्रै अदुवाले पनि समुन्द्र वरपर हिड्दा रिंगटा लागि आउने वाकवाकी, मर्निङ सिकनेस, रसायनको प्रयोगबाट हुने बेफाइदा तथा शल्यक्रियापछि कसै कसैलाई वाकवाकी लाग्नेजस्ता आदि समस्याहरुलाई राहत पु¥याउने गर्दछ ।

४. मांसपेशी दुखाइमा कमी ल्याउने

अदुवाले मांसपेशीमा भएको दुखाइमा कमी ल्याउने काम गर्दछ । यदि कसरतको समयमा आवश्यकभन्दा बढी कसरत भएको खण्डमा वा घाउ भएको खण्डमा अदुवाको प्रयोगले दुखाइबाट छुटकारा पाउन सकिन्छ ।

५. हाडजोर्नीको दुखाइको औषधि

हामीमध्ये प्रायजसोले कुनै न कुनै समयमा शरीरको कुनै भागमा लागेको झट्का वा धक्काको कारण दुखाइको महसुस गरेका हुन्छौं । शरीरको कुनै पनि भागको जोर्नीहरु नफुस्किएको तर सुन्निएर दुखाइको महसुस भएको समयमा पनि उक्त दुखाइ कम गर्नको निम्ति हामी अदुवाको प्रयोग गर्न सक्छौं ।

६. कम सुगर, मधुमेह लागेका र मुटु बिरामीको निम्ति फाइदाजनक

अदुवाले कम सुगर भएका व्यक्ति अर्थात् मधुमेह लागेका बिरामी र मुटु रोगीकोे निम्ति अत्यन्त फाइदाजनक रहने अनुसन्धानले पत्ता लगाएको छ ।

७. पाचन प्रक्रियामा सघाउ

हामीले खाएको प्रत्येक खाना हाम्रो शरीरले पचाउन सक्छ भन्ने हुँदैन । हामीमध्ये धेरैले भोगेको कुरा हो यो । कुनै पनि खाना हामीले स्व—इच्छाले खादा पनि पच्दैन । फलस्वरुप पेटमा दुखाइ हुने वा असहज महसुस हुने हुन्छ । त्यस्तो बेला पनि उक्त पीडा कम गर्न अदुवाले महत्वपूर्ण भूमिका खेल्दछ ।

८. अदुवाको धुलो महिनावारी समयमा हुने पीडाको उपचार

एक अध्ययनअनुसार महिनावारी समयको पहिलो प्रत्येक तीन दिन अदुवाको धुलो दिनको एक—एक चम्चा खाने महिलाहरुमा महिनावारीको समयमा हुने पीडाबाट छुटकारा मिलेको थियो । तसर्थ, महिलाहरुले महिनावारीको समयमा हुने त्यस्ता पीडाबाट राहत पाउनको निमित्त पनि अदुवाको धुलोलाई प्रयोग गर्न सक्छौं ।

९. क्यान्सर रोकथाममा महत्वपूर्ण भूमिका

कुनै पनि क्यान्सरलाई सिरियस केशको रुपमा लिइन्छ । यसले शरीरमा अनावश्यक कोषको उत्पादन गरी आवश्यक कोषको अन्त्य गर्ने गर्दछ । काँचो अदुवाको प्रयोगले त्यस्ता क्यान्सरबाट बचाउने अध्ययनले पुष्टि गरेको छ । यसमा भएको गुणले क्यान्सर विरुद्ध लड्ने उर्जा शरीरमा प्रदान गर्दछ । यसबारे अझै पनि विभिन्न अध्ययनहरु जारी छन् ।

१०. अदुवा मस्तिष्क र अल्जाइमर बिरामीको निम्ति पनि उपयोगी

अदुवा बुढ्यौली उमेरको कारण ब्यक्तिमा लाग्ने अल्जाइमर रोगको निम्ति पनि उत्तिकै उपयोगी रहेको देखिन्छ । बढ्दो उमेरका कारण व्यक्तिको स्मरणशक्तिमा कमी आउने तथा अनावश्यक चिन्ता बढ्नेजस्ता समस्याहरुको निम्ति पनि अदुवाको प्रयोग गर्न सकिन्छ ।

११. संक्रमण प्रतिरोधात्मक क्षमतामा वृद्धि

ताजा अदुवाको प्रयोगल शरीरमा संक्रमण विरुद्धको रोधात्मक क्षमतामा वृद्धि गराउँछ । यति मात्र नभई यसले कतिपय ब्याक्टेरियाको नाश पनि गर्ने गर्दछ । ताजा अदुवाले श्वासप्रश्वास सम्बन्धि समस्या ल्याउने आरएसभी जिवाणुको समेत नष्ट गर्दछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ