२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं : विज्ञ

एन्टीबायोटिकको जथाभावी प्रयोगले नेपाल महामारीको जोखिमतर्फ लम्कदैं : विज्ञ


धनगढी—कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टीबायोटिक औषधिको प्रयोगले नेपाल महामारीको धनगढीमा भएको कार्यक्रममा सहभागीहरुले विश्वव्यापी रुपमा बढ्दै गएको एन्टीमाइक्रोबिएल रेसिस्टेन्सको असर नेपालमा पनि देखिएको बताएका हुन् ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. जगदीशचन्द्र जोशीले नेपाल एन्टीबायोटिक रेसिस्टेन्सको चपेटामा परेको बताए । उनले यसलाई न्यूनीकरण गर्न सबै क्षेत्र एक भएर लाग्नु पर्ने बताए । मानिसमा समस्या भएजति नै समस्या कृषि र पशुमा पनि देखिएको डा जोशीको भनाइ छ ।

युएसएआईडी एमट्याप्स कार्यक्रमका सिनियर टेक्निकल एड्भाइजर एन्टीमाइक्रोबियल रेसिस्टेन्स डा. सन्तोष दुलालले सन् २०१९ को एक अध्ययनअनुसार विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए । उनले विश्व स्वास्थ्य संगठनले विश्वका प्रमुख १० विश्वव्यापी जनस्वास्थ्य खतराहरूमध्ये एक एन्टीबायोटिकलाई पनि उल्लेख गरेको बताए ।

कम्युनिटी चिकित्सक डा. विवेका श्रेष्ठले शरीरको बनावट भिन्न भएका कारण पुरूष र महिलामा फरक—फरक तवरले एन्टीबायोटिक औषधिले काम गर्ने बताईन् । डा. श्रेष्ठले पेटभित्रको बच्चालाई जोखिम हुने भएकाले गर्भावस्थामा एन्टीबायोटिकको प्रयोग अन्यको तुलनामा सिमित हुने स्पष्ट पारिन् । विकाशोन्मुख देशहरूमा गर्भवती आमाको शल्यक्रिया गर्नु अगाडि र पछाडी एन्टीबायोटिक प्रयोग गरिने हुँदा एएमआरको जोखिम बढी हुने उनको दाबी छ ।

युएसएआईंडी एमट्याप्सका एएमआर मिडिया कन्सल्ट्यान्ट अर्जुन अधिकारीले एएमआरमा खोज पत्रकारिता गर्न आवश्यक भएको बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआईडी मेडिसिन टेक्नोलोजिष्ट तथा फर्मास्युटिकल्स सर्विस कार्यक्रमको सहयोगमा सम्पन्न भएको हो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालबाट प्रतिनिधिका रुपमा जनस्वास्थ्य अधिकृत सुस्मिता न्यौपाने सहित ५७ जना पत्रकारको सहभागिता रहेको थियो ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ