२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिक अस्पतालले पायो यूके जानेहरुको स्वास्थ्य जाँचको अनुमति

नर्भिक अस्पतालले पायो यूके जानेहरुको स्वास्थ्य जाँचको अनुमति


काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अध्ययन र रोजगारीका लागि बेलायत (यूके) जानेहरुको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएको छ । काठमाडौंस्थित बेलायती दूतावासले नर्भिकलाई समेत युके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको अनुमति दिएको हो ।

नर्भिकसँगै यूके जानेहरुको मेडिकल जाँच इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन (आईओएम)मा पनि हुनेछ ।

सम्बन्धन पाएसँगै नर्भिकले यूके जानेहरुको स्वास्थ्य जाँचको सुरु गरेको छ । अब यूके जानेहरुले नर्भिकमा मेडिकल जाँच गराउनका लागि अनलाइनबाट आफूलाई पायक पर्ने मिति बुक गर्न सक्नेछन् ।

अनलाइनमा देखिने खाली स्लटहरुमा आफूलाई उपयुक्त डेट बुक गरेपछि नर्भिकले सोही दिन सम्बन्धित व्यक्तिको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनेछ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ