२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफलफुलको रस मिक्स गरेर पिउँदा हुने ५ बेफाइदा

फलफुलको रस मिक्स गरेर पिउँदा हुने ५ बेफाइदा


स्वस्थ्य रहनको लागि फलफुलको रस पिउनुपर्छ । फलफुलको रस पिउँदा बच्चा, युवा र वृद्धा सबैको स्वास्थ्य राम्रो हुन्छ । तर, कसरी पिउने भन्ने कुरा थाहा पाउन जरुरी हुन्छ । यदि फलफुलको रसलाई हामीले मिलाएर पिउन जान्यौं भने त्यसले हामीलाई फाइदा गर्छ । त्यही फलफुलको रस मिलाएर पिउन जानिएन भने नोक्सान पनि गर्छ ।

हामी हेल्दी मस्तिष्क र हेल्दी शरीरको लागि डाइटमा फलफुलको रस पिउँछौं । केही मानिसहरु अधिक भिटामिन पाउन फरक—फरक फलफुलको रस मिक्स गरेर पिउने गर्छन् । तर, सबैले अलग—अलग रस मिलाएर पिउँदा हुने बेफाइदाहरु जान्न जरुरी छ ।

१. सुगरको लेभलमा उतारचढाव
कुनै फलफुलमा चिनीको मात्रा धेरै हुन्छ । यस्तो फलफुलमा अरु पनि फलफुलमा मिक्स गरेर पिउँदा चिनीको मात्रा अझ धेरै हुन सक्छ । यो खासगरी डाइबटिज भएका व्यक्तिहरुको लागि धेरै चिन्ताको विषय हो । त्यसकारण हरेक फलको रस अलग अलग नपिउने कोशिस गर्नुहोस् ।

२. पोषण तत्वको नोक्सान
फरक—फरक फलफुल एक साथ मिसाएर पिउँदा पोषण तत्वहरुमा भिन्नता आउन सक्छ । केही फलहरुमा यौगिक र इन्जाइमहरु हुन सक्छन । जब अरु फलहरुसँग मिल्छ तब तिनीहरु राम्रोसँग प्रतिक्रिया गर्दैनन् र यसले फलमा पाइने पोषक तत्व गुम्न सक्छ ।

३. पाचन प्रणालीमा समस्या
कुनै फलफुलहरुको रस मिसाएर पिउँदा पाचन सम्बन्धि रोगहरु लाग्न सक्छ । जस्तैः ग्यास, भोमिटिङ र पखाला । यो समस्या नआउनको लागि पनि फलफुलको रस मिलाएर पिउनु हुँदैन् ।

४. एलर्जी
फरक—फरक फलहरुको रस एक साथ मिलाएर पिउदा अर्को समस्या आउन सक्छ । एलर्जी र संवेदनशीलता व्यक्तिलाई कुनै पनि फलको रसबाट हुन सक्छ । यस्तोमा फरक—फरक फलको रस एक साथ मिलाएर पिउदा थाहा हुँदैन कि कुन फलबाट एलर्जी भएको हो ।

५. असन्तुलित पोषण तत्व
फलफुलहरुको रस एकै ठाउँमा मिसाएर पिउँदा त्यसमा पाइने पोषण तत्व असन्तुलन हुन सक्छ । असन्तुलन हुनुको कारण कुनै फलमा भिटामिन, कुनै फलमा खनिज र कुनैमा चिनीको अधिक मात्रा हुनु हो । यदि सावधानी नअपनाए यसले स्वास्थ्यमा नेगेटिभ प्रभाव पर्न सक्छ ।

-एजेन्सीहरुको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ