२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यगर्मीमा रोगको संक्रमणबाट बच्न खानुपर्ने तीन फल

गर्मीमा रोगको संक्रमणबाट बच्न खानुपर्ने तीन फल


गर्मीमा ब्याक्टोरिया र भाइरसजस्ता रोगजन्य जीवाणुको कारण सरुवा रोगको जोखिम धेरै हुन्छ । संक्रमित रोगहरुको जोखिम जुनसुकै उमेरको मानिसलाई हुन सक्छ । शरीरमा प्रतिरक्षा प्रतिरोधक क्षमता संक्रमण हुने बित्तिकै लड्न सुरु गर्छ र गम्भीर रोगको जोखिमबाट सुरक्षा दिन थाल्छ । यही कारण हो, खानामा यस्तो खाना खानुपर्छ । जसले शरीरमा इम्युनिटी बढाउँछ ।

हामीले दैनिक जीवनमा सन्तुलित खाना खानुपर्छ । नियमित पौष्टिक तत्व भएको खानाले र नियमित व्यायाम गर्नाले इम्युनिटी पावर सबैभन्दा बढी बढाउँछ । यदि खानामा भिटामिन सी युक्त खाना खानुहुन्छ भने यो सबैभन्दा प्रभावकारी मानिन्छ । संक्रमणको अवस्थामा भिटामिन सी ले संक्रमणको साइटमा न्युटोफिल माइग्रेसनलाई उत्तेजित गर्दछ । जसले रोगहरुसँग लड्न मद्दत गर्दछ । र, प्रतिरक्षा प्रणालीलाई बढाउँछ । शरीरमा रोग आउनुअघि नै रोगहरुलाई सजिलै हटाइदिन्छ ।

१. भुइकटरको फाइदा
गर्मीमा पाइने सबैभन्दा लाभदायक फलमध्ये एक भुइँकटर हो । एकदमै मिठो र सबैलाई मनपर्ने स्वाद भएको यसबाट शरीरलाई आवश्यक धेरै प्रकारको पोषकतत्वहरु पनि प्राप्त गर्न सकिन्छ । यसमा म्याग्नेसियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । सय ग्राम भुइकटरबाट ४८ एमजीको मात्रामा भिटामिन सी प्राप्त गर्न सकिन्छ । यसमा ब्रोमेलेन नामको एक एन्जाइम पनि पाइन्छ । जसमा ओस्टियोआर्थराइटिस, क्यान्सर, पाचन समस्या र मांसपेशीको दुखाइको लागि धेरै फाइदाजनक हुन्छ ।

२. आँप
गर्मीको समयमा सबैलाई मनपर्ने फल आँप हो । यो स्वादको साथै स्वास्थ्यको लागि पनि धेरै फाइदाजनक छ । आँपमा एन्टीअक्सिडेन्ट, बिटा क्यारोटिन र भिटामीन सी प्रचुर मात्रामा पाइन्छ । यसले प्रतिरक्षा प्रणलीलाई बढाउने काम गर्छ । सय ग्राम आँपमा करिब ३७ एमजीको मात्रामा भिटामीन सी पाइन्छ ।

३. किवी
किवी त्यो फलहरुमध्ये एक हो, जुन भिटामिन सी को सबैभन्दा राम्रो स्रोत हो । रोगसँग लड्ने क्षमता विकास गर्नको लागि किवी खान उपयुक्त मानिन्छ । यो भिटामीन ई को पनि शक्तिशाली स्रोत हो । किवीले रक्तचापको सन्तुलन बनाइ राख्न मद्दत गर्दछ । साथै, मुटु रोग र स्ट्रोकको खतरा कम गर्छ । सय ग्राम किवी बराबर ९२ एमजी मात्रामा भिटामिन सी प्राप्त गर्न सकिन्छ ।

-एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ