२०८१ साउन १०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यमुटु रोगका बिरामीका लागि नर्भिकमा निःशुल्क ओपिडी हुने

मुटु रोगका बिरामीका लागि नर्भिकमा निःशुल्क ओपिडी हुने


काठमाडौं—थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा मुटु रोग सम्बन्धि निःशुल्क ओपीडी संचालन गर्ने भएको छ । १६ असारमा नर्भिक मुटु रोग सम्बन्धि ओपीडी संचालन गर्न लागेको हो ।

यसअघि ९ असारमा पनि अस्पतालका मुटुरोग विशेषज्ञ डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो ।

सर्वसाधारणहरुको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिबार पनि पुनः मुटु रोग सम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्न लागेको अस्पतालले जनाएको छ ।

शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ