२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअध्ययन भन्छ—महिलाहरुमा प्रजनन दर घट्दैंछ

अध्ययन भन्छ—महिलाहरुमा प्रजनन दर घट्दैंछ


काठमाडौं—पछिल्लो समय महिलाहरुमा प्रजनन दर घटिरहेको एक अनुसन्धानले देखाएको छ । एक सरकारी अनुसन्धानले नेपालमा पहिले बच्चा जन्माउने महिला र अहिले बच्चा जन्माउने महिलाहरुमा, शिक्षा र भौगोलिक क्षेत्रको आधारमा निकै अन्तर आएको देखाएको हो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले महिलाको प्रजनन दरका बारेमा जान्न सर्वेक्षण गरेको थियो । उक्त सर्वेक्षणबाट सन् १९९६ मा महिलाहरुको प्रजनन दर ४.६ रहेकामा सन् २०२२ मा सो प्रजनन दर घटेर २.१ प्रतिशत मात्र बच्चाहरु जन्माएको देखिएको छ ।

भौगोलिक क्षेत्रको आधारमा पनि महिलाहरुको प्रजनन् दरमा अन्तर आएको देखिएको छ । औसतमा हेर्ने हो भने ग्रामीण क्षेत्रको महिलाहरुभन्दा सहरी क्षेत्रका महिलाहरुले बढी बच्चा जन्माएको देखिएको छ । पहाडी क्षेत्रको महिलाहरुले औसतमा १.८, तराई क्षेत्रको महिलाले २.२ र हिमाली क्षेत्रका महिलाहरुले २.७ प्रतिशत बच्चाहरु जन्माएको देखिएको छ ।

त्यस्तै, जनचेतना र शिक्षाले पनि महिलाहरुमा प्रजनन दर फरक आएको देखिएको छ । राम्रो शिक्षा हासिल गरेको महिलाले बच्चा जन्माउने दर १.६ छ । सबैभन्दा गरिब घरपरिवारको महिलाहरुले बच्चा जन्माउने दर २.८ र कुनै शिक्षा हासिल नगरेको महिलले बच्चा जन्माउने दर सबैभन्दा धेरै ३.३ रहेको छ ।

अध्ययनले मधेश प्रदेशमा सबैभन्दा धेरै महिला प्रजनन् दर २.७ रहेको देखाएको छ । त्यस्तै, कर्णाली प्रदेशमा २.६, सुदूरपश्चिम प्रदेशमा २.३, कोशी प्रदेशमा २.२, लुम्बिनी प्रदेशमा १.९, बागमती प्रदेशमा १.६ र सबैभन्दा कम गण्डकी प्रदेशमा १.४ प्रतिशत प्रजनन दर रहेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ