२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यनर्भिकद्वारा एकमहिने ल्याप्रोस्कोपिक सर्जरी अभियानको घोषणा

नर्भिकद्वारा एकमहिने ल्याप्रोस्कोपिक सर्जरी अभियानको घोषणा


काठमाडौं—नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभिएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ ।

नर्भिक आइभिएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर आगामी असार २५ गतेदेखि श्रावण २५ गतेसम्म स्त्री रोगसँग सम्बन्धित बिरामीलाई अस्पतालको नियमित शुल्कमा भारी छुट दिएर एक महिनासम्म ल्याप्रोस्कोपिक सर्जरी क्याम्पको आयोजना गर्न लागेको हो ।

उक्त सर्जरी प्याकेजमा नर्भिक आईभीएफकी बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युव वेवी बिशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले बिरामीको शल्यक्रिया एवं उपचार गर्नेछ ।

सहुलियत प्याकेजमा महिलाको पाठेघर फाल्न गरिने अप्रेशन, पाठेघरको ट्युमर, शिष्टलगायत पाठेघरको कुनै पनि समस्यामा गरिने शल्यक्रियात्मक प्रक्रियाहरु समेटिएको नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

कुनै पनि महिलाको बच्चा नहुने अप्रेशन गर्न वा त्यस्तो अप्रेशनलाई पुनः खोल्न पनि ल्याप्रोस्कोपिक सर्जरी निकै प्रभावकारी हुने भएकाले त्यससँग सम्बन्धित बिरामीले पनि क्याम्पमा सहभागिता जनाउन सक्ने हस्पिटलकी वरिष्ठ ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्माले बताइन् ।

नर्भिक हस्पिटलको सेवामा सर्वसाधरणको पहुँचलाई विस्तार गर्ने मुख्य उद्देश्यसहित पहिलो चरणमा नर्भिक आइभिएफबाट भारी छुटसहितको एक महिने बिशेष सर्जरी प्याकेज सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ