२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यबेरीज सेवनका ७ फाइदाहरु

बेरीज सेवनका ७ फाइदाहरु


धेरै प्रकारको रंग र गुण भएको बेरीजले जसलाई पनि आकर्षित गर्न सक्छ । बेरीजमा औषधिका गुणहरु धेरै हुन्छन् । जसले धेरै रोगहरुबाट पनि बचाउँछ । जस्तैः गर्मी समयमा हुन सक्ने ‘लू’ बाट बचाउँछ । इम्यिुनिटी सिस्टमलाई बलियो बनाउँछ ।

१. बिरामीहरुको संरक्षक
बेरीले गर्मीको समयमा ‘लू’ बाट बचाउँछ । ज्वरो आउँदा यसको सेवन गर्नाले उपचारको रुपमा काम गर्छ । वान्ता हुँदा यसको सेवनले राहात दिन्छ ।

२. इम्युनिटी बलियो बनाउँछ
बेरीमा भिटामिन ‘सी’ र पोटासियम भरपुर मात्रामा पाइन्छ । यसले इम्युनिटी सिस्टम बलियो बनाउँछ । जसले शरीरमा चिलाउने र सुनिने समस्याहरुलाई कम गर्छ । शरीरलाई नोक्सान पु¥याउने फ्री रेडिकल्सहरुलाई खतम गर्छ र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । नियमित बेरीको सेवनले विभिन्न रोगहरुबाट छुटकारा दिन्छ ।

३. दुरुस्त पाचन प्रणाली
घुलनशील र अघुलनशील दुवै प्रकारको फाइबर बेरीमा पाइन्छ । यसको नियमित सेवनले पाचन प्रणाली राम्रो हुन्छ । यसको सेवनले फ्री रेडिकल्स र विषालु पदार्थ शरीरबाट बाहिर निकाल्छ । पेटमा हुने गडबडी र अपचलाई ठिक पार्छ ।

४. डाइबटिजलाई नियन्त्रण गर्छ
बेरीमा फाइटोकेमिकल फाइबर हुन्छ । जसले सुगरलाई नियन्त्रण गर्न मद्दत गर्दछ । टाइप टु डाइबटिजसँग लड्न मद्दत गर्दछ । नियमित रुपमा १५० ग्राम बेरी खानु राम्रो मानिन्छ ।

५. क्यान्सरबाट बचाउँछ
बेरीजमा पाइने फोलेट, केफेरोल, भिटामीन ‘सी’ र एन्टीअक्सिडेन्टले एक टिमको रुपमा काम गर्छ । जसले क्यान्सर हुने सम्भावना कम गर्छ । यसमा एलोगिक एसिड नामको एक तत्व पाइन्छ । जसले क्यान्सरको कोषिकाहरुलाई फस्टाउन दिदैन । यसमा रेडियोधर्मी क्षमता हुन्छ । जुन क्यान्सरसँग लड्ने महत्वपूर्ण स्रोत हो ।

६. आँखाको स्वास्थ्यलाई दुरुस्त राख्छ
सुर्यको प्रकाशबाट आएको युवी किरणले आँखालाई असर गर्न सक्छ । भिटामिन ‘सी’ र एन्टिअक्सिडेन्ट तत्वले आँखालाई बचाउनमा महत्वपूर्ण भुमिका खेल्छ । यसको नियमित सेवनले मोतियाविन्दुबाट पनि बचाउँछ र रेटिना बलियो बनाउँछ ।

७. तौल नियन्त्रण गर्छ
बेरीजमा फ्रि वा कम क्यालोरी हुन्छ । यसमा पाइने भिटामिन ‘सी’ ले शरीरको तौल बढ्न दिदैंन् ।
एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ