२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यव्यक्तित्वले निम्त्याउँछ मधुमेह रोग

व्यक्तित्वले निम्त्याउँछ मधुमेह रोग


अमेरिकामा गरिएको एक अध्ययन अनुसार त्यहाँको कुल जनसंख्यामध्ये ९ दशमलव ४ प्रतिशत मानिसहरु मधुमेह रोगका शिकार भएका छन् । जुन अंकको हिसाबले हेर्ने हो भने ३ करोड बराबरको जनसंख्या हुन जान्छ । बढ्दो उमेरसँगै ६५ वर्षका व्यक्तिहरुलाई मधुमेहले सताउने सम्भावना २५ प्रतिशत रहने उक्त अध्ययनले जनाएको छ ।

यसका साथै पछिल्लो पटक गरिएको उक्त अध्ययनले व्यक्तिको भावनात्मक गतिविधिले पनि मधुमेह रोग लाग्नमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने निष्कर्ष निकालेका छन् ।

डिप्रेशनका कारण पनि व्यक्तिमा मधुमेह रोगको जोखिम बढ्ने निष्कर्ष सो अध्ययनले देखाएको हो । यससँगसँगै अर्काे रोचक कुरा के छ भने यस अध्ययनले मानिसहरु भावानात्मक पक्षसँग जोडिएको उनको महत्वकांक्षी, जिद्धीपन, असहनशील र प्रतिस्पर्धाको भावना राख्ने व्यक्तिहरुमा पनि मधुमेहको जोखिम रहने कुरा उक्त अध्ययनले पत्ता लगाएको छ । ‘बढी आशावादी हुने र सदैव सकरात्मक सोचाइ राख्ने मानिसमा भने यसको ठिक विपरीत नतिजा देखा पर्छ,’ अध्ययनमा संलग्न एक अनुसन्धानकर्ताले भने ।

उनले थपे, ‘व्यक्तिमा भएको वैमनश्यताको भाव उनको शरीरमा भएको ग्लूकोज र इन्सुलीनसँग सम्बन्धित हुन्छ । जसकारण यो मधुमेह रोगसँग पनि सम्बन्धित हुने हुन्छ ।’ यस्तै अर्को एक अध्ययनले पनि मानिसको रिसाहा व्यवहार मधुमेहसँग सम्बन्धित हुने कुरामा जनाएका थिए ।

यो व्यक्तिको क्षणभरमै आएर हराइ जाने भावसँग नभई सदैव दोहो¥याइ रहने बानीको कारण देखा पर्ने हुन्छ । जबकी आशावादी रहिरहने ब्यक्तिहरुमा उनीहरुका व्यवहारका करण मधुमेह लाग्न सक्ने सम्भावना भने शुन्य रहन्छ ।

—एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ