२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यफलफूल खादा ध्यान दिनुपर्ने ५ कुरा

फलफूल खादा ध्यान दिनुपर्ने ५ कुरा


फलफूल सेवनका शरीरका लागि धेरै फाइदा छन् । आफ्नो आहारमा धेरै पोषक तत्वहरूले भरिपूर्ण फलफूल समावेश गर्नाले धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउन सकिन्छ ।

तर, गलत तरिकाले फलफूल खाँदा पनि स्वास्थ्यलाई हानी पु¥याउन सक्छ । फलफूललाई सही तरिकाले सेवन गर्न तल दिएका कुराहरुलाई ध्यान दिनुहोस् ।

१. खानापछि तुरुन्तै फलफूल नखाने
प्रायः धेरैलाई खाना खाएको तुरुन्तै फलफूल खाने बानी हुन्छ । तर, यो बानीले पाचन प्रक्रियामा बाधा पु¥याउन सक्छ । जब फलफूल भारी खानापछि सिधैं खाइन्छ । तिनीहरू पेटमा अड्किन सक्छन् । जसले गर्दा पेट फुल्ने र असुविधा हुन सक्छ । पाचन सुधार गर्न, फलफूल खाली पेटमा खानुपर्छ वा खाना खाएपछि कम्तीमा ३० मिनेट पर्खनुपर्छ ।

२. फलफूलको रस मात्र नखाने
धेरै मानिसहरू फलफूलको सट्टा यसको जुस पिउन रुचाउँछन् । फलफूलभन्दा पनि यो बढी फाइदाजनक हुन्छ भन्ने मानिसहरु विश्वास गर्छन् । तर, त्यस्तो पटक्कै होइन । वास्तवमा फलफूलको रसमा फलफूलमा पाइने फाइबरको कमी हुन्छ । फाइबर फलफूलको रसबाहेक अन्य भागमा ज्यादा हुन्छ । जब फलहरूको रस निकालिन्छ, तिनीहरूको प्राकृतिक फाइबर जान्छ । रसमा चिनी मात्रा धेरै हुने भएकाले यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । साथै, यसले वजन बढाउन सक्छ ।

३. फलहरूलाई लामो समयसम्म काटेर नराख्नुहोस्
फलफूलको सेल्फ लाइफ बढाउन फ्रिजमा राख्नु राम्रो हुन्छ । तर, तिनीहरूलाई काटेर धेरै लामो समयसम्म फ्रिजमा राख्नाले स्वाद र पोषक तत्वहरू गुम्न सक्छ । केराजस्ता केही फलहरू चिसो तापक्रममा भण्डारण गर्दा स्वाद र बनावट गुम्न सक्छन् । साथै, लामो समयसम्म कम तापक्रमको सम्पर्कमा रहँदा केही भिटामिनहरू बिग्रन सक्छ ।

४. राती फलफूलको सेवन नगर्नुहोस्
फलफूल प्राकृतिक चिनीको राम्रो स्रोत हो । जस्तै, साँझमा फलफूलको सेवनले वा सुत्ने समयअघि खाँदा रगतमा चिनीको स्तर बढाउन सक्छ । सम्भावित रूपमा तपाईंको निद्रा चक्रमा बाधा पु¥याउँछ ।

५. फलफूल खाएपछि तुरुन्तै पानी नपिउने
हाइड्रेटेड रहनु महत्वपूर्ण हुन्छ । फलफूल खाएपछि तुरुन्तै पानी पिउनाले पेटमा एसिड र पाचन इन्जाइमहरू पातलो हुन सक्छन् । जुन खानालाई तोड्नका लागि महत्वपूर्ण हुन्छ । यसले पाचनलाई ढिलो गर्न सक्छ र ब्लोटिंग हुन सक्छ । उचित पाचनका लागि फलफूल खाएपछि पानी पिउन कम्तीमा ३० मिनेट कुर्नुहोस् ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ