२०८१ असोज २६, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्वस्थ जीवनशैलीमा हुनुपर्ने ५ कुरा

स्वस्थ जीवनशैलीमा हुनुपर्ने ५ कुरा


अस्वस्थ जीवनशैलीले बच्चा, युवा र वृद्धा सबैलाई प्रभाव पार्छ । अहिलेको समयमा अस्वस्थ जीवनशैलीको प्रभाव सबैमा परेको देखिन्छ । जसले विभिन्न रोगहरु निम्त्याउने सम्भानवना धेरै छ । जीवनलाई हानी पु¥याउन सक्ने अस्वस्थ जीवनशैलीबाट बच्न हामीले केही कदमहरु चाल्न सक्छौं ।

हामीले दैनिक गर्ने कार्यहरुलाई सुधार गर्न सक्छौं । जसले स्वस्थ जीवनशैली जिउन सकिन्छ । स्वस्थ जीवनशैलीको लागि बच्चाहरुले गर्नुपर्ने कार्यहरुको चर्चा तल गरिएको छ ।

शारीरिक सक्रियता
अहिलेका बच्चाहरु सानैबाट फोन चलाउने, फोनबाटै गेम खेल्ने काम गर्छन् । तर, उनीहरुको वृद्धि विकासको लागि शारीरिक अभ्यास गर्नु अत्यन्तै जरुरी छ । शारीरिक सक्रियता नहुँदा बच्चाहरुमा अल्छीपन आउने र वृद्धि–विकास राम्रोसँग नहुनेजस्ता समस्या देखिन्छन् ।

प्रशस्त फलफूल सेवन गर्ने
फलफूलमा फाइबर, भिटामिन प्रशस्त मात्रामा पाइन्छ । यसले विभिन्न रोगबाट पनि बचाउँछ । त्यसकारण स्वस्थ जीवनको लागि फलफूल प्रशस्त सेवन गर्न जरुरी छ ।

पर्याप्त निन्द्रा
निन्द्राको असर सिधै मस्तिष्कमा परेको हुन्छ । निन्द्राको कमीले मस्तिष्कले राम्रोसँग काम गर्न सक्दैन् । पर्याप्त निन्द्राले मस्तिष्कले राम्रो आराम पाउँछ । जसले दिमागलाई ताजा, सार्प र राम्रो काम गर्न बाधा बन्दैन् ।

प्रशस्त पानी पिउनुहोस्
दैनिक पर्याप्त पानी पिउनु स्वास्थको लागि महत्वपूर्ण छ । पानीले डिहाइड्रेसनलाई रोक्छ । पानीमा क्यालोरी हुँदैन् । त्यसैले पानीले शरीरको तौल व्यवस्थापन गर्न र क्यालोरीको मात्रा घटाउन मद्दत गर्छ ।

फास्ट फुड कम खानुहोस्
फास्ट फुडमा पर्याप्त पोषण तत्वहरु हुँदैन् । यो धेरै चिल्लो मसालेदार हुन्छ । जसले शरीरलाई नोक्सान गर्न सक्छ । धेरै रोगहरुको शिकार बनाउन सक्छ । धेरै खाएमा पचन प्रणलीमा समस्या आएर छिनभरमै यसको असर देखा पर्न सक्छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ