२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यस्त्रीरोग विशेषज्ञ डा. साहको दोस्रो कृति ‘गर्भको गर्व’ सार्वजनिक

स्त्रीरोग विशेषज्ञ डा. साहको दोस्रो कृति ‘गर्भको गर्व’ सार्वजनिक


काठमाडौं—स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बालकृष्ण साहको दोस्रो पुस्तक सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक समारोहमाझ डा. साहले लेखेको ‘गर्भको गर्व’ नामक पुस्तक सार्वजनिक गरिएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा. भुपेन्द्र बस्नेत, चिकित्सक संघका पूर्व अध्यक्ष डा. लोचन कार्की, नारी मासिक पत्रिकाकी सम्पादक उपसना घिमिरे, चिकित्सक संघका महासचिव डा. सञ्जिव तिवारीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका हुन् ।

शब्द मिडिया प्रालिले प्रकाशन गरेको डा. साहको ‘गर्भको गर्व’ साहित्य पोष्ट डटकमले बजारमा ल्याएको हो ।

पुस्तकमा ९ वटा छुट्टाछुट्टै शीर्षकमा विषयवस्तु समेटिएका छन् । महिला स्वास्थ्य सम्बन्धी लेखा रचनाहरु लेख्ने गरेका डा. साहले आफूले उपचार गर्दाको समयमा महिलाले भोगेका समस्यालाई लिपीवद्ध गरेर कृतिको रुपमा ल्याइएको बताए ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ