२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिकित्सकले निकाले महिलाको अन्डाशयबाट १८ किलो टयुमर

चिकित्सकले निकाले महिलाको अन्डाशयबाट १८ किलो टयुमर


चिकित्सकहरुले महिलाको अन्डाशयबाट विशाल टुयुमर निकालेका छन् । भारतीय चिकित्सकहरुले १८ दशमलब १ किलो टयुमर निकालेका हुन । पेटमा निकै पिडा र श्वास फेर्न कठिनाई महशुस गर्न थालेपछि कभिता कलाम अस्पताल पुगेकी थिइन ।

चिकित्सकहरुले बिरामीमाथि विभिन्न परीक्षण गरेका थिए । परीक्षणका क्रममा चिकित्सकहरुले अन्डाशयको टयुमर भएको पत्ता लगाएका थिए । समयमा नै सो ट्युमर नझिकेको भए त्यसले पेटलाई नै चिरा पार्ने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

कलामको नागापुरको दक्षिण पश्चिममा रहेको वार्डहास्थित आचार्य बिनोबा भावी अस्पतालमा शल्यक्रिया भएको थियो । उनलाई सास्टाडेनोमाको उपचार भएको थियो । सास्टाडेनोमा एउटा गैरक्यान्सरयुक्त टयुमर हो, जसमा पानीजन्य तत्व हुन्छ ।

‘अहिलेसम्म मैले शल्यक्रिया गरेकामध्ये कलामको शरिरबाट सबैभन्दा ठूलो ट्युमर झिकिएको छ । ’ कलामको उपचारमा संलग्न चिकित्सकमध्येका एक अरपिता जैसवाल सिंगामले भने, ‘यसले बिरामीको पेटमा ९५ प्रतिशत भन्दा बढी अशर गरेको थियो । ’

शल्यक्रिया हुनुअघि कलामलाई विगत ७ महिनादेखि पेट दुखेको थियो । तर, गरिबीका कारण उनको उपचार हुन सकेको थिएन । उनको उपचारको लागि स्थानीय गाँउलहरुले पैसा संकलन गरेका थिए । अस्पतालमा उनको सिटि स्क्यान समेत भएको थियो ।

सिटिस्क्यानका क्रममा चिकित्सकहरुले अन्डाशयको ट्युमर पत्ता लगाएका थिए, जसका कारण उनको पेट गर्भवती महिलाको भन्दा निकै ठूलो देखिन्थ्यो । टयुमर निकै ठूलो भएकोले शल्यक्रिया चुनौतीपूर्ण हुने चिकित्सकहरुले बताएका थिए ।

गाइनोलोजिस्ट अभिशेष कोथुलीले भने, ‘बिरामीलाई सामान्य एनेस्थेसिया गर्न सम्भव थिएन र एब्डोमिनल क्याभिटीमा तरल पर्दाथ नखसाली शल्यक्रिया गर्न साँच्ची नै विज्ञता आवश्यक पर्दथ्यो । शल्यक्रियामा केही तलमाथि भएको भए उनको अंगमा नै क्षति पुग्थ्यो , जे भए पनि हामीले साबधानीपूर्वक शल्यक्रिया गर्यौ ।’


क्याटेगोरी : अन्य, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ