२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यसकारात्मक सोचाइले बलियो बनाउँछ शरीरको प्रतिरक्षा प्रणाली

सकारात्मक सोचाइले बलियो बनाउँछ शरीरको प्रतिरक्षा प्रणाली


 सकारात्मक सोचाइले हाम्रो प्रतिरक्षात्मक प्रणालीलार्ई पनि बढाउँछ भन्दा अचम्म लाग्न सक्छ ! तर, विभिन्न अध्ययनहरुले भने यसको पुष्टि गरिसकेको छ ।

लामो समयदेखि प्रतिरोधात्मक क्षमताको विषयमा अध्ययन गर्दै आएको एक अन्तर्राष्ट्रिय अध्ययन समूहले उक्त कुराको पुष्टि गरेको हो । उक्त समूहले ३ सय ५० जना वयस्क ब्यक्तिहरुबीचमा गरेको अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार व्यक्तिले लिने गरेको चिन्ताले उसको शरीरमा रहेको प्रतिरोधात्मक क्षमतामा प्रत्यक्ष असर पार्दछ ।

सकारात्मक सोचाइ राख्ने व्यक्तिहरुमा भने प्रतिरोधात्मक क्षमतामा समेत वृद्धि हुने तथ्य सो अध्ययनको क्रममा फेला परेको छ । प्रत्येक प्राणीको शरीरमा रोग प्रतिरक्षात्मक क्षमता रहेको हुन्छ । जसले शरीरमा लागेका विभिन्न रोग तथा संक्रमणहरु विरुद्ध लड्ने गर्दछ ।

प्रत्येक प्राणीको शरीरमा रहने प्रतिरक्षात्मक शक्ति कोष, टिस्यु तथा अंगको एकत्रित संगठन हो । यी ३ तत्वहरुको संगठनले शरीरलाई विभिन्न रोगहरु लाग्नबाट बचाउने मात्रै नभई यसले सम्पूर्ण शरीरलाई नै स्वस्थ्य राख्न मद्धत गर्दछ ।

जसरी कुनैै पनि वनस्पतिको हुर्कनको निम्ति अनुकूल वातावरणको आवश्यकता पर्दछ । त्यसैगरी शरीरको प्रतिरक्षा प्रणाली पनि बलियो हुन पनि यसलाई विभिन्न अनुकूल शारीरिक स्थितीको खाँचो पर्ने उक्त अनुसन्धाकर्ताहरुको राय छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ