२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यडा प्रिंयकाको बलात्कार र हत्यामा संलग्न भनिएका आरोपी पनि मारीए

डा प्रिंयकाको बलात्कार र हत्यामा संलग्न भनिएका आरोपी पनि मारीए


भारतको हैदरावादस्थित ४ जनाको समुहद्धारा सामुहिक बलात्कारपछि हत्या गरिएकी भनिएकी पशुचिकित्सक प्रियंका रेड्डीको आरोपीहरुको पनि हत्या भएको छ । भारतीय प्रहरी स्रोतका अनुसार, बलात्कार तथा हत्यामा संलग्न ४ आरोपीहरु क्रस फायमा मारिएका हुन् ।

समाचार पिटिआइमा एक वरिष्ठ पुलिस अफिसरले बताए अनुसार, उक्त घटना बिहानको ६ बजेतिर अभियुक्तहरुलाई अनुसन्धानको निमित्त अपराध स्थलमा लैजाने क्रममा घटेको थियो ।

अनु्सन्धानको क्रममा लैजादै गर्दा उनीहरु (अभियुक्तहरु) ले पुलिसको हतियारी खोसी फरार हुन खोजेपछि पुलिसले बाध्य भई फायर गर्नुपरेको जानकारी उक्त अफिसरले पिटिआइ समाचारलाइ जानकारी दिएका छन् । उनका अनुसार, अभियुक्तिहरुलाई रोक्न खोज्ने क्रममा घटनास्थलमा रहेका अन्य दुई प्रहरी अधिकारीकर्मीहरु समेत घाइते भएका छन् ।

उक्त घटना हैदरावादको २६ वर्षीय रेड्डिको बलात्कारपछि हत्या गरिएको ठाउँमा नै घटेको थियो ।

पीडितकी बहिनीले अभियुक्तिहरुको हत्या भएको समाचारपछि, आफुहरुले न्याय पाएको प्रतिकृया दिएकी छन् बहिनीले प्रहरीको उक्त गतिविधिको प्रशंसा गरेकी छिन् । उनले भनिन्, ‘हामीले यसको (हत्याको) कल्पना समेत गरेका थिएनौ । हामी त अदालतले उनीहरुलाई फाँसीको सजाय दिने दिनको प्रतिक्षा गरिरहेका थियौ । तर, जे भयो राम्रै भयो ।

गत नोभेम्बर २८ का दिन एक युवतिको शव जलिएको अवस्थामा भेट्टिएपछि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै यसको ब्यापक आलोचना र विरोध हुदै आएको थियो ।

एजेन्सीको सहयोगमा ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ