२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यदबाब र तनावमा गरिएका उपचारहरु त्रुटिपूर्ण हुने अध्ययनको निष्कर्ष

दबाब र तनावमा गरिएका उपचारहरु त्रुटिपूर्ण हुने अध्ययनको निष्कर्ष


चिकित्सकमाथि भएको तनाव वा उपचार जसरी भएपनि सफल पार्नुपर्ने दबाबलाई हटाइएको खण्डमा चिकित्सीय त्रुटीहरु स्वतः हट्दै जाने एक अनुसन्धानले देखाएको छ । चिकित्सकको केही कमजोरी र गल्तीकै कारण वर्षेनी थुप्रै ब्यक्तिहरुले ज्यान गुमाइरहेका छन् ।

तसर्थ चिकित्सकहरुलाई उपचार सफल पार्नैपर्छ भन्ने दबाब नदिइएको खण्डमा वा तनावरहित वातावरणमा काम गर्न दिइएमा अस्पताल भर्ना भएका करिब ९८ हजार देखि २ लाख ५१ हजारसम्म बिरामीहरुको ज्यान बचाउन सकिने उक्त अनुसन्धानमा देखिएको छ ।

‘मेचिगन युनिभर्सिटी’ मेडिकल स्कुल अफ एन आरबरद्वारा प्रकाशित जर्नलमा उक्त प्रणालीगत विश्लेषण प्रकाशित गरिएको थियो । यसरी प्रकाशित गरिएको जर्नलमा २१ हजार ५ सय १७ जना चिकित्सकहरुको मत समावेश गरिएको छ । तह–तहगत रुपमा अध्ययन गरिएको यस अनुसन्धानको सातौं अध्ययन विश्लेषण अन्र्तगत सहभागी हुने चिकित्सीय क्षेत्रका कर्मचारीहरु मात्रै ५ हजार ५ सय ९५ जना रहेका थिए । यसैगरि यसको नवौं अध्ययन भने एउटा जापान र अर्काे भने दक्षिण कोरियासँग सम्बन्धित रहेको छ ।

करिब ७३ प्रतिशत सहभागी कर्मचारीहरुमध्ये २७ प्रतिशत विशेषज्ञहरु भने माथिल्लो वा उच्च तहबाट सहभागी भएका थिए । दशौं तहको अध्ययनले भने सामान्य प्रश्नहरुको माध्यमबाट नै चिकित्सकीय क्षेत्रका आइपर्ने त्रुटीहरुलाई समावेश गरेको थियो । यसै विभिन्न अध्ययनहरुलाई एकै साथ समावेश गरी तथ्यांकहरु विश्लेषण तथा चेक जाँच गर्ने क्रममा दबाब वा तनावमा गरिएको अधिकांश उपचारहरु सफल नहुने निस्कर्ष निक्लेको हो ।

उपचारका क्रममा त्रुटी भएका चिकित्सकहरुको कारणलाई हेर्ने हो भने उनीहरुले अधिकांश उच्च दबाबमा वा उच्च जोश जाँगरका साथ उपचारमा पूर्णता प्राप्त गर्न लागि परेका देखिन्छन् । अर्थात्, स्वस्थ्य सेवामा पनि आवश्यक मानिने केहि जटिल बोझहरु रहने गरेका छन् ।

त्यस्ता कष्ट भोगेका चिकित्सकहरुकै कारण कतिपय अस्पतालहरुले वर्षेनी अर्बौ रकमहरु घाटा बहोर्नु परेको छ । तर, यस्ता कानुनी कारणहरु विशेषगरी बिरामीहरुको निम्ति आवश्यक तथा लाभदायक पनि मानिएको छ । हेल्थकेयर सूचना तथा प्रबन्धक प्रणाली समाज (एचआईएमएसएस) एनालिटिसद्धारा तयार गरिएको एक अध्ययनले चिकित्सा क्षेत्रका अग्रजहरुले दिएको एक सर्वेक्षणमा तयार प्रतिवेदनअनुसार प्रविधी सम्बन्धि रोकावटले बाधा पु¥याएको समेत उल्लेख गरेको छ ।

यसरी दबाबमा परेको चिकित्सककले कुनै कार्यालयगत मद्दतको लागि खुलेर आह्वान समेत गर्न सक्दैनन् । नयाँ मेडिकल लाइसेन्स पाउन होस् वा चिकित्सिय संस्थामा सोधिने प्रश्नोत्तरहरुमा होस् त्यहाँ उनीहरुको मानसिक स्वास्थ्यको बारेमा समेत चेक जाँच गरिन्छ । जसकारण उनीहरु सहरी क्षेत्रमा गएर उपचार गर्नको निम्ति बाध्य हुन्छन् ।

उक्त अध्ययनले ‘अबको अध्ययन भने चिकित्सकमा त्यस्तो दबाबमा वा तनावमा रहेको कुरा कसरी थाहा पाउने भन्ने विषयमा नै बढी केन्द्रित भई गर्नुपर्दछ भन्ने आशातीत र आवश्यक परिवेशको विषयमा कुरा उठाउँदै आफ्नो निष्कर्षलाई टुङ्ग्याएको छ ।

—एजेन्सीको सहयोगमा 


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ