२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यचिसोमा यात्राका लागि स्वास्थ्य टिप्स

चिसोमा यात्राका लागि स्वास्थ्य टिप्स


जाडोयाममा देखिने विभिन्न वातावरणीय संरचनासँग घुलमित हुन प्रायजसो व्यक्तिहरु लालायित हुने गर्छन् । जसकरण पनि हामी सामान्यतयाः गर्मीयामको तुलनामा जाडोयाममा यात्रा तथा घुमघामका लागि बढी जसो निक्लिरहेका हुन्छौं । अझ विशेषगरी अंग्रेजी मितिको नयाँ वर्षको सुरुवातीको दिनहरुमा प्रायजसोः ब्यस्तताका कारण व्यक्तिहरुले आफू तथा आफ्नो निम्ति पनि समय नपाएका ब्यक्तिहरुले यसै जाडोयाममा समय निकालेर अन्यत्र यात्राको लागि निस्कने गरेको पनि पाइएको छ । नेपाली समाजमा पनि पश्चिमी मुलुकका विभिन्न पर्वहरु मनाउने क्रम बढिरहँदा यहि पौष महिनामा क्रिसमस तथा सन् नयाँ वर्षजस्ता अन्तर्राष्ट्रिय पर्वहरु पर्ने हुनाले यस महिनालाई (अंग्रेजी डिसेम्बर तथा जनवरी) होलिडे महिनामा नै मान्ने गरेको पनि पाइन्छ ।

तर, दुर्भाग्यवश यसरी घुम्न जाँदा कतिपयमा विभिन्न संक्रमणहरुका कारण स्वास्थ्यमा गडबडी पनि उत्तिकै मात्रामा देखिन सक्छ । हामी बसिरहने ठाउँको बानी नै हाम्रो शरीरलाई पर्ने हुँदा कतिपयमा एक ठाउँबाट अन्यत्र जाँदा विभिन्न किसिमका संक्रमणहरु देखापर्ने हुन्छ । यस समयमा प्रायजसोः भाइरल ज्वरो, रुघाखोकी, हातगोडा दुख्ने, जोर्नीहरु दुख्ने तथा अन्य संक्रमणजस्ता विभिन्न शारीरिक समस्या देखा पर्न सक्छ । हामीले हाम्रो स्वास्थ्य बिना कुनै पनि यात्राको मजा भरपूर रुपमा लिन सक्दैनौं । तसर्थ, समयको सही सदूपयोग गर्दै यात्रा तथा घुमघामको पनि राम्ररी मजा लिन सकोस् भन्नको निम्ति हामीले आफ्नो स्वास्थ्यको उचित ध्यान राख्न आवश्यक हुन्छ ।

यात्राको समयमा सर्वप्रथम हामीले याद राख्नुपर्ने कुरा के हो भने कुनै पनि खतरा संकेत दिएर आउँदैन । जस्तो यात्राको समयमा आफूसँगै गरेको ब्यक्तिले हाछ्यु गर्दा पनि हामीलाई रुघाखोकी सर्न सक्ने हुन्छ । यसका साथै यात्राको क्रममा आफू सजग हुँदाहुँदै पनि अरुसँगको स्पर्श, खाना, धुलो भुवाँजस्ता थुप्रै कारणवश् हामी बिरामी पर्न सक्छौ । यसको निम्ति हामीले निम्न उपायहरु अपनाउन सकिन्छः

ध्यान दिनुपर्ने कुराहरु

  •  लामो वा टाढाको यात्रा सकभर नगर्ने
  • जाडोयाम भएकाले झन् धेरै चिसो हुने ठाउँमा नजाने
  • आफूलाई आवश्यक न्यानो तथा सहज हुने कपडाको ब्यवस्था गर्ने
  • सकभर हुल तथा भिडभाडबाट टाढा रहने
  • आफ्नो सरसफाईमा विशेष ध्यान दिने
  • मास्कको प्रयोग गर्ने
  • खाना खानुअघि राम्ररी हात पखाल्ने
  • यात्रामा देखिन सक्ने सम्भावित रोग विरुद्धको औषधी बोकेर हिड्ने
  • स्वस्थ्य तथा ताजा खानाको प्रयोग गर्ने ।

एजेन्सीको सहयोगमा ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ