२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यएउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन

एउटै भित्रि वस्त्र लामो समय लगाउँछन् अमेरिकी : अध्ययन


केही समयअघि अमेरिकामा ठूलो संख्यामा रहेका मानिसहरुले आफ्नो (विशेषगरी तल लगाउने वस्त्र-पेन्टी) राम्रोसँग नधुने गरेको एक अध्ययन प्रतिवेदनले देखाएको थियो । पछिल्लो पटक त्यो भन्दा पनि अझै डरलाग्दो अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । जसअनुसार धेरै अमेरिकीले छिट्टो भित्री वस्त्र फेर्दैनन् भन्ने तथ्य सार्वजनिक भएको छ । अन्डरवेयर निर्माता टोमी जोनले गरेको सो अध्ययन अनुसार अमेरिकाका अध्ययनमा सहभागी दुई तिहाई भन्दा बढी मानिसले दिनहुँ अन्डरवेयर परिवर्तन गर्दैनन् । अध्ययनमा सहभागीमध्ये १३ प्रतिशतले त एक सातासम्म एउटै अन्डरवेयर लगाउने गरेको बताएका थिए । फोहर अन्डरवेयर लगाउने सवालमा महिला भन्दा पुरुष अघि देखिएको छ ।

अधिकांश अमेरिकीले एउटै अन्डरवेयर एक साता वा सो भन्दा बढी लगाउने गरेको पाइयो । भित्री वस्त्रप्रति केही व्यक्तिको अनौठो लगाब रहेको पत्ता लागेको छ । अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशतले एक वर्षसम्म पनि एउटै अन्डरवेयर लगाएको बताएका थिए । सहभागीमध्ये ३८ प्रतिशतले आफूहरुले लामो समयदेखि भने जस्तो अन्डरवेयर नपाएको गुनासो गरेका थिए । आफूले पछिल्लो समय मन परेर किनेको अन्डरवेयरबारे थाहाँ नभएको उनीहरुले बताएका थिए ।

अनुसन्धाकर्ता कम्पनीले आफ्ना ग्राहकलाई हरेक ६ महिनादेखि एक वर्षमा नयाँ भित्री वस्त्र लगाउन सुझाब दिएको समेत् अध्ययनमा उल्लेख छ । अन्डरवेयरमा व्याक्टेरियाको संक्रमण हुने भएकोले त्यसलाई सफा र नियमित फेर्नुपर्ने सो सस्थाले बताएको छ । अध्ययनमा महिला र पुरुष गरी १ हजारको उपस्थिति थियो ।

– एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ