२०८१ कात्तिक १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठअन्यपाकिस्तानमा पोलियो भ्याक्सिन खुवाउने दुई महिलामाथि गोली प्रहार गरी हत्या

पाकिस्तानमा पोलियो भ्याक्सिन खुवाउने दुई महिलामाथि गोली प्रहार गरी हत्या


पाकिस्तानमा पोलियो भ्याक्सिन खुवाउने दुई महिलाको हत्या भएको छ। उक्त दुई महिलालाई भ्याक्सिन किट जम्मा गर्न अस्पताल जादै गर्दा बाइकमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन्।

मृत्यु हुनेमा २८ वर्षीय शकिला विवि र ३० वर्षिया घुनचा गुल रहेको छ। प्रहरीको अनुसार, स्वाब जिल्लाको परमोली कस्बे भन्ने स्थानमा उक्त दुई महिला बच्चालाई पोलियो भ्याक्सिन खुवाउने गर्थे। एक स्थानिय प्रहरीले भने, ‘उक्त क्षेत्र उच्च संवेदनशील स्थानमा नभएको कारण भ्याक्सिन खुवाउने व्यक्तिको साथमा सुरक्षाकर्मी उपलब्ध गराईएको थिएन।’

आफ्नो ड्युटी सकाएपछि दुई महिला आफ्नो किट जम्मा गर्न डुलिरहेका थिए। शोही समयमा बाइकमा सवार दुई बन्दुकधारीले उनीहरुमाथि गोली प्रहार गरेर फरार भए।, ‘परमोली स्टेशन प्रमुख जिहाद खानले भने।

रूढ़िवादी खबर र बलूचिस्तान प्रान्तमा पोलियोकर्मीलाई हमला गर्नु सामान्य मानिन्छ। पाकिस्तानमा पोलियो भ्याक्सिनललाई लिएर धेरै विरोध हुने गर्छ। गत चैत्रमा पोलियो खुवाएपछि बच्चा विरामी भएको अफ़वाह व्यापक फैलन थाल्यो। उक्त अफवाह पछि पेशावरवासीले सरकारी स्वास्थ्य केन्द्रमा हमला गरेको विविसीमा उल्लेख छ। विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजीरिया नै यस्तो देश हो जहाँ पोलियोको प्रकोप बच्चामा जारी छ।

  • एजेन्सी

क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ