गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरस प्रकोप : ‘डब्ल्यूएचओ’ ले लगायो विश्वव्यापी स्वास्थ्य संकटकाल कोरोना भाइरस प्रकोप : ‘डब्ल्यूएचओ’ ले लगायो विश्वव्यापी स्वास्थ्य संकटकाल हेल्थ आवाज शुक्रबार, २०७६ माघ १७ गते, १०:४० मा प्रकाशित Photo Credit : WHO काठमाडौं – कोरोना भाइरसको प्रकोप विश्वभर फैलन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशहरुमा यसको प्रकोप महामारीका रुपमा फैलिन सक्ने जनाउँदै डब्ल्यूएचओले विश्वव्यापी रुपमा संकटकाल घोषणा गरिएको जनाएको छ । चीनमा के भईरहेको छ भन्दा पनि अरु देशमा के भईरहेको छ भन्नेमा बढी केन्द्रित रहेको (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अडनोम गेब्रियसले बताए । ’यस घोषणाको मुख्य कारण चीनमा के भइरहेको छ भन्ने होइन तर अन्य देशहरुमा के भइरहेको छ, थप प्रसारलाई सिमित गर्न हामी सबैले अबसँगै काम गर्नुपर्दछ,’ उनले भने, ’चिन्ता यो छ कि यो कमजोर स्वास्थ्य प्रणाली भएका देशहरुमा फैलिन सक्छ ।’ नेपालको कुनै पनि तयारी नदेखिएका कारण बढी जोखिममा पर्ने देखिएको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरमा गएको डिसेम्बरमा पहिलोपटक देखिएको कोरोना भाइरसको संक्रमण हाल कम्तिमा १८ देशमा पुगेको छ । विश्व स्वास्थ्य संगठनले यातायातलाई पूर्णरुपमा बन्द भने गर्नुनपर्ने बताएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापीरुपमा संकटकाल घोषणा गरेपछि नेपालले पनि शुक्रबार बैठक बसेर धारणा सार्वजनिक गर्ने भएको छ । क्याटेगोरी : अन्य, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रा.डा. केसीद्वारा चिकित्सा शिक्षा आयोगमा पूर्व पदाधिकारीहरूबाट अन्तरिम नेतृत्वको व्यवस्था… ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा… कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ६ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’