२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरस संक्रमितको उपचार गर्न रातदिन खटिएका डाक्टर पनि संक्रमित

कोरोना भाइरस संक्रमितको उपचार गर्न रातदिन खटिएका डाक्टर पनि संक्रमित


चीनको वुहानमा कोरोना भाइरस संक्रमितको उपचार गर्ने चिकित्सक नै भाइरस संक्रमित भईरहेका छन्। फेफड़ों अस्पतालको आईसीयू इन्चार्ज र उनको पुरा परिवार नै कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरससँग सम्बन्धित एक भिडियो सामाजिक संजालमा निकै भाइरल भईरहेको छ। सार्वजनिक भिडियोमामा वुहानको एक अस्पतालका निर्देशक डा. हू मिंगले भावुक हुँदै अन्तर्वार्ता दिएका छन्।

भावुक हुँदै उनले उक्त अन्तर्वार्ता भनेका छन् – ‘मलाई आइसियुको इन्चार्ज महिला डाक्टरले फोनमा उपचार गर्दा गर्दै आफुलाई पनि सक्रमण भएको दुख पोखिन्। उनी मात्रै हैन उनको आमा र श्रीमान पनि संक्रमित भएपछि अहिले अस्पतालमा भर्ना गरिएको छ।’ ती डाक्टरको नातेदार पनि विरामी परेको उनले बताए।

चीनमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या चीनमा ४ सय २५ र फिलिपिन्समा १ जना गरी ४ सय २६ पुगेको छ भने २० हजार भन्दा बढी यसबाट संक्रमित छन्। हुवेई प्रान्तमा २ सय ४ भन्दा बढीको मृत्यु भएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत शुक्रबार ‘ग्लोबल इमर्जेन्सी’ घोषणा गरेको थियो।

भाइरससँग लड्न सक्षम भएको चीनको दावी

डब्ल्यूएचओका प्रमुख टेड्रोस एडनोम गेब्रियेसिसले भने भाइरस सबैभन्दा स्वास्थ्य सुविधाको अभाव हुने देशमा फैलने बढी चिन्ता रहेको बताए। यता, कोरोना भाइरस विरुद्ध लड्न सक्षम रहेको चीनको भनाई छ।

विश्वमा कोरोना भाइरसको त्रास

नेपाल सहित् २० देशमा कोरोना भाइरस संक्रमित पाइएको छ जसले गर्दा आम मानिसमा डर पैदा भएको छ। उक्त भाइरसको केन्द्र मानिएको चीनका नागरिकहरु भाइरसको संक्रमण हुने डरले घरबाट बाहिर निस्किदा हेलमेट, मास्क, प्लास्टिक ब्याग लगाउने गरेका छन्।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ