२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोना भाइरसले सार्सको रेकर्डलाई पनि उछिन्यो, ८१३ को मृत्यु

कोरोना भाइरसले सार्सको रेकर्डलाई पनि उछिन्यो, ८१३ को मृत्यु


नोवेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ। उक्त मृत्यु दर २००३ मा चीनमा देखिएको सार्स भाइरसको भन्दा पनि बढी रहेको छ। सार्स भाइरस संक्रमणबाट ७ सय ५० मारिएका थिए।

पछिल्लो तथ्यांक अनुसार, हुवेई प्रान्तमा मात्रै २७ हजार र चीनभर गरेर ३७ हजार व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखा परेको छ। सार्स जत्तिनै खतरनाक नमानिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि जनमानसमा त्रास बढ्दै गएको देखिन्छ। कोरोना भाइरसलाई पानि सार्सकै एक प्रजाति मानिन्छ।

विश्व स्वास्थ्य संगठनले घातक भाइरसको प्रकोपको छानबिन गर्न एक टोली पठाउँने घोषणा गरेको छ। उक्त टोली मंगलबार चीन प्रस्थान गर्नेछ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ