२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यबंगलादेशद्वारा चीनमा रहेका नागरिकलाई स्वदेश ल्याउने योजना रद्द

बंगलादेशद्वारा चीनमा रहेका नागरिकलाई स्वदेश ल्याउने योजना रद्द


बंगलादेशले चीनमा रहेका आफ्नो नागरिकलाई स्वदेश बोलाउने योजना रद्द गरेको छ। चीन जानको लागि कुनै विमानको व्यवस्था गर्न नसकेपछि बंगलादेशले आफ्नो नागरिकलाई फिर्ता ल्याउने योजना फिर्ता गरेको हो।

बंगलादेशका विमान चालक दलले चीन जान नमानेपछि उक्त सरकारले योजना रद्द गर्न परेको छ। सरकारी विमान एयरलाइंसका बोइंग ७७७-३०० ईआर विमान एक फ्रेवरीमा १२ बच्चा र ३ नवजात शिशु गरी ३ सय १२ बांग्लादेशी नागरिकलाई चीनबाट ल्याएको थियो।

बांग्लादेशका विदेश मन्त्री ए के अब्दुल मोमेनले विमान चालक सदस्य तयार नभएको कारण विमान पठाउन नसकेको बताएका छन्। उनले चीनमा फसेका नागरिकलाई धैर्य गर्न अनुरोध गरेका छन्।

बंगलादेश सरकारले चीनमा १ सय ७१ नागरिक रहेको र देश फर्किन चाहेको जिकिर गरेका छन्। चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या लगातार बढिरहेको छ। पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसबाट ९ सय १० जनाले ज्यान गुमाएका छन्।

वुहानमा रहेका नेपाली विद्यार्थीहरु पनि आफ्नो देशलाई उद्दार गर्न अनुरोध गरिरहेका छन्। यता नेपाल सरकारले ल्याउने पहल गरिरहेको बताएको छ भने अभिभावकहरु स्वास्थ्य मन्त्रालयमा जसरी पनि स्वदेश फिर्ता गर्नु पर्छ भन्दै धर्ना बसेका छन्।

– एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ