२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यके ‘ड्राईफ्रुट्स’ले शरीरको तौल घट्छ ?

के ‘ड्राईफ्रुट्स’ले शरीरको तौल घट्छ ?


अष्ट्रेलियाकोे एक आहारा निर्देशन विभागले प्रत्येक ब्यक्तिलाई दिनमा कम्तिमा पनि ३० ग्रामसम्म ‘ड्राईफ्रुट्स’ को प्रयोग गर्न सल्लाह दिएको छ । ‘ड्राईफ्रुट्स’ मा उपलब्ध हाई क्यालोरीको बाबजुद पनि यसले ब्यक्तिमा अनावश्यक मोटोपना हुन नदिने र स्वास्थ्यको निम्ति स्वस्थ्यवद्र्धक भएको भन्दै विभागले उक्त सल्लाह दिएको हो ।

‘ड्राईफ्रुट्स’मा पाइने उक्त फ्याटहरुले ब्यक्तिमा मोटोपना हुन् दिदैंन र शरीरमा उपलब्ध कोलेस्टोर नियन्त्रणमा समेत फाइदा पु¥याउँदछ । फलस्वरुपः यसले हाम्रो तौललाई सन्तुलन राख्न मद्दत गर्दछ । तसर्थ हाम्रो शरीरमा पाइने अन्य फ्याट्सको तुलनामा यो शरीरको निम्ति फाइदाजनक रहेको छ ।

यस सम्बन्धि गरिएको एक अनुसन्धानले दैनिक रुपमा ‘ड्राईफ्रुट्स’ को उपभोग गर्ने ब्यक्तिहरुले अन्य उपभोग नगर्ने ब्यक्तिहरुको तुलनामा कम तौल प्राप्त गरेको निस्कर्ष निकालेको छ । सामान्यतया व्यक्तिहरुमा ‘ड्राईफ्रुट्स’ले तौल बढाउँन मद्दत गर्छ भन्ने मान्यता छ तर आज हामीले ‘ड्राईफ्रुट्स’ले वजनलाई बढ्न नदिई सन्तुलित् राख्छ भन्ने कुरा तपाईहरु माझ प्रस्तुत गर्दैछौ।

फाइदामुलक फ्याटयुक्त आहारा ‘ड्राईफ्रुट्स’

‘ड्राईफ्रुट्स’मा अन्य खाना तथा आहाराहरुमा जस्तो शरीरलाई हानि गर्ने फ्याट्स हुदैन । यो पाचन प्रकृया हुँदा पनि सजिलै पच्ने हुदैन । जसकारण शरीरको कोषिकाहरुको भित्तामा गएर बस्छ । त्यसैले यो खानाको पाचन प्रकृया पछि पनि मलको रुपमा शरीरबाट बाहिर नगई शरीरभित्र नै क्रियाशिल रहने हुन्छ । र, शरीरले यसमा रहेको पानी जति सबै सोसेर लिने गर्दछ ।

शरीरको क्यालोरीलाई घटाउछ

‘ड्राईफ्रुट्स’ को प्रयोग गर्नु भनेको शरीरमा ऊर्जा प्राप्त गर्नु र शरीरमा भएका अनावश्यक मोटोपनलाई घटाउनु पनि हो । विभिन्न अनुसन्धानले यसमा कम फ्याट्स हुने र प्रोटिन उपलब्ध रहने कुराको पुष्टि समेत गरेका छन् । जसकारण ब्यक्तिहरु शारीरिक रुपमा स्फूर्त र सक्रिय रहने हुन्छ । र, शरीर सक्रिय भएको खण्डमा पनि तौल घट्न पुग्दछ ।

भोक नियन्त्रण गर्नु

यसमा पाइने हाइफाइबर र प्रोटिनका कारण यसले हामीलाई लामो समयसम्म भोक नलाग्नबाट बचाउँछ । भोक नलागेमा ब्यक्तिले कम खाना खाने हुदा यसले पनि शरीरको मोटोपनलाई नियन्त्रण गर्न मद्दत पु¥याउँछ । अनुसन्धानले के पनि बताएको छ भने नट्स खाने ब्यक्तिहरुको खानाको गुणस्तरणको स्तर समेत बढ्दछ ।

स्वस्थ्यवद्र्धक खाना

माथि उल्लेख गरेझैैं ‘ड्राईफ्रुट्स’ सेवनले गर्नाले यसले खानाको गुणस्तरमा समेत वृद्धि गर्दछ । यो बजारमा उपलब्ध अन्य विभिन्न जंक फुडहरुभन्दा स्वस्थ्यवद्र्धक पनि रहन्छ । जसले शरीरलाई अनावश्यक तौल बढ्नबाट रोक्दछ ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ