२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यअध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ

अध्ययन भन्छ : प्रेमसम्बन्धमा रहने भन्दा नरहने व्यक्ति मानसिक रुपमा स्वस्थ


यदि तपाई सिंगल हुनहुन्छ भने तपाईको मानसिक स्वास्थ्यको लागि निकै राम्रो हो। विज्ञानले पनि सिंगल रहनु शारीरिक स्वास्थ्यको लागि निकै सकरात्मक हुने जनाएको छ। हालै ‘भ्यालेन्सटाईन डे’ सप्ताह चलिरहेको छ यदि तपाईको प्रेमिका छैन भने ढुक्क हुनहोस्।

एक रिलेशनशिप एक्सपर्ट भन्छन्, ‘केहि मानिस एक्लोपनबाट डराउने गर्छन। उनीहरुलाई एक्लो जीवन अभिशाप लाग्ने गर्छ। तर त्यस्तो भने हैन। प्रेमसम्बन्धलाई लिएर २०१६ गरिएको एक अध्ययनमा भनिएको थियो कि सिंगल व्यक्ति वैवाहिक जीवनमा बाधिएका व्यक्ति र प्रेमसम्बन्धमा रहेका भन्दा तन्दरुस्त हुने गर्छन।’ यो अध्ययन यूनिभर्सिटी अफ क्याल्फोर्नियाले गरेको थियो।

यस अध्ययनको निष्कर्षको लागि सिंगल र विवाहित गरी ८ सय जनाको अध्ध्यन गरिएको थियो। त्यसपछि विवाहित भन्दा सिंगल मानिस स्वस्थ हुने निचोड निक्लेको थियो। यस विषयमा पछि पनि भएको सर्वेक्षणमा पनि प्रेमसम्बन्धमा नभएका व्यक्ति मानसिकरुपले स्वस्थ रहने कुरा उल्लेख गरिएको छ ।

१३ हजार महिला तथा पुरुषमा गरिएको सो सर्वेक्षणमा सिंगल रहने व्यक्तिले अन्य वा दोस्रो व्यक्तिको भावलाई राम्ररी बुझ्ने कुरा पत्ता लागेको छ । यसका साथै सिंगल व्यक्तिको (बिआईएम) पनि कम रहने कुरा अध्ययनले जनाएको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ