२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्य‘कार्वाेहाइड्रेट’ को कमीले घटाउँछ व्यक्तिको आयु

‘कार्वाेहाइड्रेट’ को कमीले घटाउँछ व्यक्तिको आयु


‘कार्वाेहाइड्रेट’ ले कमीले व्यक्तिको ४ वर्षसम्मको आयु घटाउँछ भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ । तर, पछिल्लो पटक गरिएको एक शोधले भने यस सम्बन्धि अध्ययन नै गरेर सो कुरालाई पुष्टि गरेको छ । ‘ल्यान्सेट पब्लिक हेल्थ’ जर्नलमा प्रकाशित एक नयाँ अध्ययन अनुसार, कम ‘कार्वाेहाइड्रेट’ ले व्यक्तिको ४ वर्षसम्मको आयु घटाउनमा मद्दत गर्दछ ।

अध्ययनका लागि अनुसन्धानकर्ताहरुले युएसका १५ हजार ४ सय ब्यक्तिहरुलाई सहभागी गराएका थिए । यसको निम्ति उनीहरुले सहभागीहरुको २५ वर्ष अगाडि देखिकोे रहनसहन, खानपिन र जीवशैलीको विषयमा अध्ययन गरेका थिए ।

अध्ययनको क्रममा सहभागीहरुलाई खानपिनको सम्बन्धमा सोधिएको प्रश्नमा अधिकांश सहभागीहरुले आफुले खाने खाना तथा पिउने पेय पदार्थहरु निश्चित भागहरुमा छुट्याई सोहि अनुसार नै प्रयोग गर्ने गरेको बताएका थिए ।

यसको अध्ययन पश्चात् भने अनुसन्धानकर्ताहरुले आधा भाग (५० देखि ५५%) मात्र कार्वाे प्रयोग गर्ने ब्यक्तिहरुमा ७० प्रतिशतसम्म कार्वाेको प्रयोग गर्ने ब्यक्तिहरुबीच समान रुपमा एकै किसिमको प्रभाव देखा पर्ने बताएका थिए । तर, यसबाहेक १ वर्षमा आधाभन्दा पनि कम (५०% भन्दा कम) कार्वाेको प्रयोग गर्ने ब्यक्तिहरुको औसत आयु आधा रुपमा कार्वाेको प्रयोग गर्ने ब्यक्तिहरुको तुलनामा ४ वर्ष कम रहेको बताएको छ । कार्वाेको डाइट कम प्रयोग गर्नेहरुमा भने अन्नमा पाइने प्रोटिनको मात्रा प्रचुर रहेको पाइएको थियो । तर पनि उच्च कार्वाेको प्रयोग गर्ने व्यक्तिहरुको तुलनामा उनीहरमा मृत्युदरको सम्भावना उच्च रहेको कुरा अध्ययनले दाबी गरेको छ ।

-एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ