२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठअन्यमादक पदार्थ नियमित सेवन गर्नेलाई भन्दा बढी कहिलेकाहिं पिउनेलाई खतरा

मादक पदार्थ नियमित सेवन गर्नेलाई भन्दा बढी कहिलेकाहिं पिउनेलाई खतरा


के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ ? कि कहिलेकाहिं विशेष अवसरमा मात्र पिउनुहुन्छ ? होस गर्नुहोस् यदि तपाई कहिलेकाहिं पिउनुहुन्छ र धेरै पिउनुहुन्छ भने तपाईंलाई अन्य पियक्कडको भन्दा स्वास्थ्यमा बढी असर गर्छ । युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ ले उक्त जानकारी दिएको हो ।

अध्ययनका अनुसन्धानकर्ता तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर उक्त अध्ययन गरिएको जानकारी दिए । मादक पदार्थ थोरै तर नियमित सेवन गर्नेभन्दा कहिलेकाहि तर एकै चोटी धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनले देखाएको उनले बताए ।

अनियमित सेवनले मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी समस्या देखिएको उनको भनाइ रहेको छ । उनकाअनुसार अनियमितताको कारण ब्यक्तिमा मुटुको धड्कन बढ्ने, नाडीको रफ्तारलाई बढाउने, स्याँ–स्याँ हुने, धेरै थकाइ लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या देखिन्छन् ।

यस सर्वेक्षणको निमित्त ९७ लाख ७६ हजार ९ सय ५६ ब्यक्तिलाई परीक्षणको निम्ति सहभागी गराएका थिए । सन् २००९ देखि सुरु भएको यस सर्वेक्षण ८ वर्षसम्म चलेको थियो । मानिसलाई क्षति गर्नमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल संख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दावी गर्न भने नसकिने अध्ययनको विश्लेषण रहेको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ