२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यपाठेघरको मुखको क्यान्सर : लक्षण तथा रोकथामका उपाय ?

पाठेघरको मुखको क्यान्सर : लक्षण तथा रोकथामका उपाय ?


पाठेघरको क्यान्सर भनेको पाठेघरको मुख र पाठेघर भित्रको क्यान्सर हो । तर, धेरैले पाठेघर क्यान्सर भनेको पाठेघर मुखको क्यान्सर भनेर बुझ्ने गरेका छन् । क्यान्सर हामीले हुनुभन्दा अगाडि नै प्रि–क्यान्सर स्टेपमा नै पत्ता लगाउन सकिन्छ । रोग लाग्नु अगाडि नै चेक गर्ने हो भने क्यान्सर हुनबाट बच्न सकिन्छ । अहिले नेपाल सरकारले भ्याक्सिनको कार्यक्रम ल्याएको छ ।

पेट भित्रको क्यान्सर वा अरु क्यान्सरजस्तो पत्ता लगाउन नै गाह्रो हुँदैन पाठेघर क्यान्सर । समयमा नै देख्न र उपचार गर्न सम्भव छ । एक उपचार विधि प्याप स्मेयरबाट पाठेघर मुखको पानी निकाली उपचार गर्न सकिन्छ भने यो विधि गर्न सस्तो र सजिलो हुन्छ । महिलाहरुले स्वास्थ्य उपचार गराएकै समयमा पाठेघर क्यान्सरको चेक गर्न मिल्छ ।

प्रि क्यान्सर स्टेपको लागि स्क्रिडिङ (प्याप मेयर) सबैभन्दा सजिलो सस्तो उपचार विधि हो । यो उपचारको लागि प्याथोलोजिष्टहरुले हेर्नुपर्ने भएकाले दुर्गम ठाउँमा हुँदैन । त्यसको लागि (भिआर्ईए) भन्ने अर्को उपचार विधि हुन्छ, त्यो सिकेपछि सबैले गर्न सक्दछन् । भिआईए विधि पाठेघरको मुखमा गरिन्छ । यसले केही समयमा मुखमा फरक रंग देखिन्छ । यदि त्यो भयो भने अस्पताल जानुपर्छ । त्यसपछि उपचारले क्यान्सर हुनबाट जोगाउँछ । त्यसले पाठेघर मुखको क्यान्सर हुन नदिन सकिन्छ ।

प्याप स्मेयर एडभान्स भएर एलबीसी भएको छ, त्यसले भाइरसको डिएनए पनि चेक गर्न मिल्छ । तर, नेपालमा हाल प्याप स्मेयर र भिजुयल इन्फेक्सन आफ्टर एसिटिकएसिड (भिआईए) मात्रै छ । प्याप स्मेयर र भिआईएले प्रि क्यान्सरको स्टेपमा उपचार गर्न मिल्छ ।

पाठेघरको मुखको क्यान्सर हुने कारण र लक्षण

यौनाङ्गको बाहिरपट्टि सानो मुसाजस्तो मासुको डल्लो आउँछ । यो लोरिस भाइरस हो र यसले नै क्यान्सर गराउँछ ।  प्रि क्यान्सर क्यान्सरको पहिलो अवस्था हो । क्यान्सर हुनुभन्दा पहिले देखिने लक्षण नै प्रि क्यान्सरको हुन्छ ।

प्रि क्यान्सरको ३ स्टेप हुन्छ तर उपचार पछि निको हुन्छ । पहिलो स्टेपबाट क्यान्सरमा चेन्ज हुने १ प्रतिशत चान्स हुन्छ भने दोस्रोबाट ५ प्रतिशत र तेस्रोबाट १२ प्रतिशत भन्दा बढी चेन्ज हुने सम्भावना हुन्छ । प्रि क्यान्सर हुन १०÷१५ वर्ष लाग्छ र त्यसको पनि १०÷१५ वर्ष लाग्छ क्यान्सर नै हुनको लागि ।

पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) हो । विश्व स्वास्थ्य संगठनको अध्ययनबाट पनि यो कुरा प्रमाणित भइसकेको छ ।

  • महिनावारीको बीच–बीचमा पनि रक्तस्राव हुनु ।
  • सानै उमेरमा विवाह हुनु र बच्चा जन्मनु ।
  • धेरैजना यौन पार्टनर हुनु ।
  • योनीबाट गन्हाउने पानी बग्नु ।

पाठेघरको मुखको क्यान्सर हुनबाट बच्न भ्याक्सिन दिनु जरुरी छ । ९ देखि २६ वर्ष उमेरका महिलालाई भ्याक्सिन दिन सकिन्छ ।

क्यान्सर हुनबाट बच्ने उपायहरु

एचआईभी एड्सको लागि कण्डमले काम गरे पनि कम्प्लिट प्रिभेन्ट गर्न सक्दैन र स्किनले भाइरस सर्ने हुँदा क्यान्सर सम्भावना हुन्छ ।
छाला–छालाको सम्पर्क भयो भने भाइरस सर्ने हुँदा क्यान्सर हुन्छ । केटा–केटा, केटी–केटी जो भएपनि असुरक्षित यौनसम्बन्ध राख्न हुँदैन ।

रोग लाग्न दिनुभन्दा नदिनु राम्रो

क्यान्सर भएपछि धेरै खर्च लाग्छ, मानिसको जीवन नै आधा हुन्छ । त्यसैले क्यान्सर हुन नदिन समयमा नै उपचार गराउनु राम्रो हुन्छ । क्यान्सर लागिसकेपछि धेरै ठाउँमा उपचार हुँदैन । नेपालमा क्यान्सर अस्पताल धेरै छैन । भएको सबै अस्पतालले सर्जरी गर्दैनन् । त्यसैले जतिसक्दो चाँडो चेक गरेर बचौँ । प्रि क्यान्सर भइसकेपछि पनि उपचार सम्भव छ ।

तेस्रो लिंगीले सेक्स रिलेसन राखे भने क्यान्सर हुने बढी सम्भावना छ । समलिंगीहरु उपचारमा त्यति जाँदैनन्, समाजमा पनि हेलित हुन्छन् । त्यसकारण उनीहरुमा अलि बढी सम्भावना हुन्छ ।

के हुन्छ उपचार ?

क्यान्सर भइसकेपछि सर्जरी गरेर उपचार गर्नुपर्छ ।  धेरै फैलेको छ भने सर्जरी गरेर उपचार गरी केमियो थेरापी रेडियो थेरापी गरी उपचार गर्न सकिन्छ भने धेरै नै भएको छ क्यान्सर भने त्यसको उपचार केही हुँदैन । आयु लम्ब्याउने मात्रै हो । त्यसैले आयु थप्न सर्जरी गरी रेडियोथेरापी, केमियोथेरापी गर्ने हो ।

कस्तो समयमा उपचार गर्न मिल्दैन ?

महिनावारी नभएको समयमा उपचार हुँदैन । भेजाइनल औषधि ट्यावलेट राखेको छ भने पनि उपचार गर्न मिल्दैन । रिजल्ट राम्रो आउँदैन विरामीलाई सोधेर पछि मात्रै गर्न सकिन्छ ।

२४ घण्टासम्म सेक्सुयल कन्टयाक्ट गरेको छ भने उपचार गर्न मिल्दैन । बच्चा पाएको ६ देखि ८ हप्ताभन्दा अगाडि मिल्दैन त्यो भन्दा पछि मात्रै चेक गर्न मिल्छ । सेतोपानी बग्ने छ भने पनि मिल्दैन । त्यसको लागि ट्रिटमेन्ट गरेर २÷३ हप्तापछि मात्रै उपचार गर्नुपर्छ ।

एचपिभि भाइरस नभए पनि ३० देखि ४९ वर्षको उमेर बीचमा चेक गर्नुपर्छ । विहे नभएकाहरुले पनि सेक्स गरेको छ भने चेक गर्नुपर्छ । २१ वर्षपछि र प्रत्येक १ देखि ३ वर्षमा गर्नैपर्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ