२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यस्वस्थ जीवनका लागि कसरी बनाउने ‘ड्रिम डे प्लानिङ’ ?

स्वस्थ जीवनका लागि कसरी बनाउने ‘ड्रिम डे प्लानिङ’ ?


हामीले दैनिक रुपमा जस्तो खाना खान्छौ अथवा जस्तो जीवनशैली अपनाउँछौं हाम्रो जीवन पनि त्यही गतिमा अघि बढिरहेको हुन्छ । विशेषगरी हाम्रो दैनिक खानपान र जीवनशैलीमा तालमेल नमिल्दा शारीरिक र मानसिक रुपमा असर गरिरहेको हुन्छ ।

अहिले विश्वमा ७१ प्रतिशत मानिसमा नसर्ने रोगबाट प्रताडित छन् । यो हाम्रै खराब जीवनशैली र खानपानले निम्त्याएको समस्या हो । हामीले दैनिक रुपमा सन्तुलित खानपान र जीवनशैलीमा ध्यान दियौं भने यस्ताखाले समस्याबाट छुटकारा पाउन सक्छौं ।

उसो भए हामीले आफ्नो दिनचर्यालाई कसरी व्यवस्थापन गर्ने त ? एकदिनमा हामी शारीरिक र मानसिक रुपमा स्वस्थ हुनका लागि के गर्ने, कस्ता खानेकुरा खाने ? त्यसका लागि हरेक मानिसले दैनिकीलाई रुटिनअनुसार चलाउनुपर्छ । तलको रुटिनलाई हामीले पछ्याउने हो भने पक्कै पनि शारीरिक तथा मानसिक रुपमा स्वस्थ हुन सकिन्छ ।

ड्रिम डे प्लानिङ

बिहान

५ः०० देखि ६ः०० बजेसम्म : उठ्ने । फ्रेस हुने । २/३ गिलास पानी पिउने ।

६ः०० देखि ६ः४५ सम्म : नियमित व्यायाम (मर्निङ वाक, योगा, स्किपिङ, रनिङ) गर्ने ।

६ः४५ देखि ७:०० सम्म : ध्यान, प्राणायाम, ओमकार जप्ने ।

७:०० बजे : मह र कागती मिसाएर पानी वा मनतातो पानी अथवा ग्रिन टी पिउने ।

७ः१० देखि ८ः०० बजेसम्म : घाम ताप्ने, प्रकृतिको नजिक हुने कोशिस गर्ने, खुल्ला पार्कमा हिड्ने, गहिरो स्वास फेर्ने, सकारात्मक सोच्ने, चराहरुको आवाज सुन्ने, शरीरलाई दिनभरी काम गर्नका लागि तयार गर्ने ।

८ः०० देखि ९ः०० बजेसम्म : बिहानको खाना खाने । खानामा फापर, कोदो, रोटी, दाल, क्वाटी, हरियो सागपात, दही, सलाद खाने । बिस्तारै खाने खाना खाँदा बीचमा पानी नपिउने ।

दिउँसो

१ः०० देखि २ः०० बजेसम्म : मौसमअनुसारका फलफूल खाने कोशिस गर्ने । जसमा केरा, स्याउ, अनार, सुन्तला, फर्सीको बियाँ, आलसको बियाँलगायत खान सकिन्छ ।

साँझ

५ देखि ६ बजेसम्म : मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने । जस्तैः खेलकुद, नाच्ने, हिँड्ने, बगैंचामा जाने ।

बेलुका

६ बजेदेखि ७ बजेसम्म : बेलुकाको खाना खाने । बेलुकाको खानामा सकेसम्म मिक्स तरकारीको सुप, जौ, खिचडीजस्ता खानेकुरा खान सक्छौं ।

७ देखि ८ बजेसम्म : परिवारसँग समय बिताउने, कुरा सेयर गर्ने जसले भावनात्मक सन्तुलनको लागि मद्धत गर्दछ ।

८ देखि ९ बजेसम्म : मोवाइल, ल्यापटप, टेलिभिजन बन्द गर्ने । सकारात्मक सोच्ने, भोलिको पूर्व तयारी गर्ने । १० देखि २० पटकसम्म ओमकार जप्ने जसले गहिरो निन्द्रा लाग्न सहयोग गर्छ । त्यसपछि सुत्ने ।

अन्य ध्यान दिनुपर्ने कुरा

–दैनिक २ देखि ३ लिटर पानी पिउने ।

–खानामा हरियो सागपात जतिसक्दो धेरै प्रयोग गर्ने

–सकारात्मक सोच राख्ने, अनावश्यक मानसिक तनाव नलिने ।

–धेरै मसला भएको, तारेको खाना अस्वीकार गर्ने ।

–मैदा, चिनी, अत्याधिक नुन, चिया, कफिलाई एकदमै कम प्रयोग गर्ने ।

–खाने, उठ्ने र सुत्ने समयलाई सन्तुलन गर्ने ।


क्याटेगोरी : जनस्वास्थ्य, वैकल्पिक चिकित्सा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ