२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. विनय भट्टराईका १५ सुझाव : मधुमेह र दीर्घरोगका बिरामीले के गर्ने/के नगर्ने

डा. विनय भट्टराईका १५ सुझाव : मधुमेह र दीर्घरोगका बिरामीले के गर्ने/के नगर्ने


हाल विश्वव्यापी रुपमा कोभिड—१९ को महामारी छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । दिनानुदिन संक्रमण हुने क्रम बढ्दो अवस्थामा छ । विशेषगरी मधुमेहजस्तै उच्च रक्तचाप, मुटु रोग, किड्नीमा समस्या भएका व्यक्ति, क्यान्सर पीडितजस्ता दीर्घरोगका बिरामी तथा पाको उमेर समूहमा संक्रमणपछिको अवस्था जोखिमपूर्ण रहेको देखिएको छ ।

तसर्थ, यो महामारीको बेला संक्रमणबाट बच्नका निमित्त यी समूहहरु तुलनात्मक रुपमा अन्य समूहभन्दा अलि बढी सजग एवं सचेत रहनुपर्दछ । धेरैजसोमा साझा रुपमा देखिएको दीर्घ रोगमध्ये मधुमेह पनि एक हो । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसले रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई छिटो आक्रमण गर्ने सम्भावना रहेकोे बताउँदै आएको छ ।

मधुमेहले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतालाई कम गराउने भएकाले पनि यी समूहमा संक्रमणपछिको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ । अन्य रोगका बिरामीजस्तै यी बिरामीहरुले पनि आफू संक्रमणबाट बच्नका लागि विशेष केही पक्षहरुमा ध्यान पु¥याउन जरुरी रहेको छ ।

मधुमेह र दीर्घ रोगका बिरामीले ध्यान दिनुपर्ने १५ कुरा

मधुमेह तथा दीर्घ रोगका बिरामीहरुमा कोरोनाको जोखिम सामान्य व्यक्तिभन्दा बढी रहन्छ । तर, यसो भन्दैमा आत्तिई हाल्नुपर्ने अवस्था भने रहँदैन् । आफ्नो जीवनशैलीमा ध्यान पु¥याउँदैं सुगरको मात्रालाई नियन्त्रण गरेको खण्डमा उक्त जोखिमलाई कम गराउन सकिन्छ ।

यसैगरी, कुनै एक मधुमेह बिरामीमा कोरोना पोजेटिभ देखिएमा सो व्यक्तिले पनि नआत्तिई आफ्नो सुगरको मात्रालाई नियन्त्रण गरेको खण्डमा डराउनुपर्ने अवस्था रहँदैन् ।मधुमेह र दीर्घ रोग भएका व्यक्तिहरुले निम्न पक्षमा दिएको विशेष ध्यानले मात्रै पनि संक्रमणको जोखिमलाई कम गराउन सकिन्छ ।

१. सुगरको मात्रालाई नियन्त्रणमा राख्ने

२. इन्सुलीन वा औषधी लिने व्यक्तिले त्यसको नियमित सेवन गर्ने

३. रक्तचाप र कोलेस्टोरको समस्या भएका व्यक्तिले त्यसको मात्रालाई पनि नियन्त्रण गर्ने

४. पर्सनल हाइजिङ मेन्टेन गर्ने

५. सकेसम्म भिडभाडमा नजाने

६. बाहिर निस्कनुपर्ने अवस्था आएमा मास्कको प्रयोग अनिवार्य रुपमा गर्ने

७. घरभित्र पस्नु अघि सेनिटाइजरको प्रयोग गरी साबुन पानीले राम्ररी हात धुने

८. महामारी फैलदै गएको अवस्थामा पसल बन्द हुनसक्ने स्थिति आउन सक्ने सम्भावना भएकाले दैनिक प्रयोग गरिने औषधीको केही मात्रा घरमै स्टक राख्ने

९. ग्लूको–मिटरद्धारा घरमै समय–समयमा सुगर मापन गरिरहने

१०. प्रशस्त पानी पिउने

११. सकेसम्म रुघाखोकी लागेको व्यक्तिको अगाडि नजाने

१२. सामाजिक दूरी कायम राख्ने

१३. घरको छत वा आफ्नै बगैचामा शारीरिक व्यायाम गर्ने

१४. आफूमा केहि समस्या देखिएमा सकेसम्म फोेनको माध्यमबाटै चिकित्सकसँग सल्लाह लिने वा चिकित्सकसँगको सल्लाहमा मात्रै तोकिएको समयमा अस्पताल जाने

१५. र, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य केन्द्रले दिएको गाइडलाइन्सको अनुशरण गर्ने ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ