२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. इन्दु प्रसाद ढुंगेलको सल्लाहः सामान्य दृष्टिका लागि ध्यान दिनुपर्ने पक्षहरु

डा. इन्दु प्रसाद ढुंगेलको सल्लाहः सामान्य दृष्टिका लागि ध्यान दिनुपर्ने पक्षहरु


उज्यालोको माध्यमबाट आँखाले बाह्य वस्तुहरुरु देखेर पहिचान गर्न सक्ने अवस्था नै सामान्य दृष्टि हो । चिकित्सा क्षेत्रमा सामान्यः वा स्वस्थ दृष्टि भन्नाले ६ बाई ६ भन्ने बुझिन्छ । कुनै पनि व्यक्तिको दृष्टि सामान्य छ वा छैन? भन्ने मापनका लागि अस्पतालमा भएको दृष्टि मापन चार्टबाट व्यक्तिलाई ६ मिटर टाढा राखी त्यहाँ रहेका अक्षर र रंगहरु चिन्न सक्छन् वा सक्दैनन्? भनेर परीक्षण गरिन्छ ।

यदि व्यक्तिले त्यहाँ रहेका दाहिने र देब्रे दुवै आँखाबाट उक्त रंग र अक्षर चिन्न सकेको खण्डमा त्यसलाई सामान्य दृष्टि भनिन्छ भने सो अक्षर र रंग चिन्न नसक्ने अवस्था नै कमजोर दृष्टि हो ।

कुनैपनि व्यक्तिको दृष्टि कमजोर हुने वा दृष्टिविहिन हुने प्रक्रिया एकपक्षीय मात्र नभएर यो उसको विभिन्न पक्षसँग सम्बन्धित रहेको हुन्छ । जसमध्ये हालसम्म दृष्टि कमजोर वा दृष्टिविहिनको हुन निम्न कारण प्रमुख रुपमा देखा परेका छन् ।

  • आणुवंशिक
  • बढ्दो उमेर
  • मोतिबिन्दु
  • जलबिन्दु
  • दृष्टिदोष (रिफ्रयाक्टिक एरर)
  • सुगर र हाइपर टेन्सन
  • चोट पटक ।

सामान्य दृष्टिका लागि ध्यान दिनुपर्ने पक्षहरु

शरीरको बाह्य संवेदनशील अंगको रुपमा रहने आँखा बाहिरी संसारको प्रतिबिम्ब पनि हो । कमजोर दृष्टिकै कारण व्यक्तिले थुप्रै समस्याका शिकार हुनु त पर्छ नै । यससँगै यसैका कारण विभिन्न घटनाहरु घटेको थुप्रै उदाहरणहरु पनि हामी माझ प्रशस्त छन् ।

तसर्थ, यस्ता समस्या ननिम्तियोस् भन्नका लागि पनि हामीले हाम्रो सामान्य दृष्टिलाई यथावत् राख्नुपर्छ । तसर्थ, यसका निम्ति हामीले निम्न पक्षहरुमा विशेष ध्यान दिनुपर्छ ।

वयस्कको हकमा

  • चोटपटकबाट बच्ने ।
  • परिवारमा कसैको आँखा सम्बन्धि समस्या देखा परेको भए आफूले पनि समय–समयमा आँखा जाँच गराउने ।
  • सुगर र रक्तचापका बिरामीले नियमित रुपमा आँखा जाँच गराउने
  • हरियो सागसब्जीको सेवन प्रशस्त रुपमा गर्ने ।
  • र, सामान्य व्यक्तिले पनि समय–समयमा आँखा परीक्षण गराई रहने ।

बालबालिकाको हकमा

  • गर्भवती महिलाले जथाभावी रुपमा औषधि र एक्स–रे नगराएर यसका निमित्त सम्बन्धित चिकित्सकको सल्लाह लिने ।
  • प्रत्येक अभिभावकले आफ्ना बच्चाको दृष्टि कस्तो छ भन्ने विषयमा विशेष ख्याल राख्ने । यदि आफ्ना बालबालिकाको दृष्टि कमजोर छ जस्तो लागेमा तुरुन्त चिकित्सकको परामर्श लिने
  • र, जन्मजातै रुपमा मोतिबिन्दुका कारण दृष्टिविहिन भएका बालबलिकालाई पनि शल्यक्रियापछि उनीहरुको दृष्टि फिर्ता ल्याउन सक्ने भएकाले के कारणले आफ्ना बालबालिकाले आँखा देखेनन् भनेर अभिभावकले अनिवार्य रुपमा चिकित्सकको परामर्श लिनुपर्दछ ।

प्रस्तुतीः सृजना मगर ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ