२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमलेरिया किन हुन्छ, यसबाट बच्न के गर्ने ?

मलेरिया किन हुन्छ, यसबाट बच्न के गर्ने ?


गर्मीयाममा दक्षिण एशियाली मुलुकमा देखिने रोगमध्ये मलेरिया पनि एक हो । नेपालको तराई भू–भागमा बढी देखिन्छ । मलेरियाको कारक प्लाज्मोडीयम भन्ने परजिवी (प्यारासाइट) हो । यसका पनि विभिन्न प्रजातिहरु छन् ।

प्लाज्मोडियम फाल्सिपेरम, प्लाज्मोडियम भीभ्याक्स र प्लाज्मोडियम ओवेलजस्ता यसका थुप्रै प्रजाति हुन्छन् । प्लाज्मोडियम फाल्सिपेरम दोस्रो बढी कमन र गम्भीर हो ।

यसको प्रमुख लक्षण भनेको ज्वरो आउने नै हो ।

यो लामखुट्टे (फिमेल एनोफेलेस) को टोकाइबाट सर्ने रोग हो । लामखुट्टेको शरीरमा टोकाइले रगतमा प्लाज्मोडियमहरु प्रवेश गर्छन् । ती सबै कलेजोमा जाने हुन्छ । प्लाज्मोडियमको स्पोरोजाइड कलेजोमा पुगेपछि मेरोजोइडको रुपमा विकसित हुन्छ ।

त्यसपछि संख्या मल्टिपलाई हुँदै रगतमा मिसिन्छ । रक्त कोषिकामा पनि मल्टिप्लाई भएपछि ट्रोपोफाई चरणमा पुग्छ । त्यहाँ तीब्र रुपले मल्टिप्लाई भएपछि रक्त कोषिकालाई ड्यामेज पार्ने काम गर्छ । त्यसपछि इम्युन सिस्टम एक्टिभ भएर ज्वरो आउने गर्छ ।

मलेरियाका लक्षणहरुः

  • ज्वरो आउने
  • टाउको दुख्ने
  • जिउ दुख्ने
  • वाकवाकी लाग्ने तथा वान्ता हुने

रोकथाम तथा बच्ने उपाय

—घर वरपर पानीहरु जम्न नदिने
—सरसफाइमा ध्यान दिने
—लामखुट्टेको टोकाइबाट बच्न झुल र औषधीको प्रयोग गर्ने

मलेरियाको परीक्षण
—आरडिटी (ब्लड एन्टीजेट टेष्ट)
—माइक्रोस्कोपी (ब्लड सेमर)

मलेरिया देखियो के गर्ने ?

स्वास्थ्य परीक्षण गर्दा मलेरिया पोजेटिभ देखिएका व्यक्तिलाई हामी क्लोरोक्विन र पेरिमाक्विन औषधी दिने गर्छौं । कुनै–कुनै केसमा घातक प्रजाति देखिन सक्छ । त्यससमय औषधीले काम नगर्ने हुँदा हामी आर्टेसुनेट इन्जेक्सनको प्रयोग गर्ने गर्छौं । त्यसकारण मलेरियाको शंका लागेमा चिकित्सक कहाँ गएर स्वास्थ्य परामर्श लिन सुझाव छ ।




क्याटेगोरी : जनस्वास्थ्य
ट्याग : #डा. रेशम पुन, #फिजिसियन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ