२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्य‘कोभिड–१९ बारे भ्रम र तथ्य’

‘कोभिड–१९ बारे भ्रम र तथ्य’


काठमाडौं – कोभिड-१९को महामारीले हाम्रो जीवन र सम्बन्धमा अकस्मात धेरै परिवर्तन ल्याइदिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ को कुन चरणमा अहिले हामी छौं भन्ने अनुमान कसैले गर्न नसकेको अवस्था छ । अझै पनि हामी कोरोना महामारी कै त्रासमै छौँ ।

कोभिड-१९ भाइरस के हो ? त्यसबाट कसरी संक्रमण हुन्छ ? कसलाई संक्रमणको बढी जोखिम छ ? कोभिड–१९ लागेपछि मृत्युको सम्भावना कति छ  र उक्त भाइरसबाट कसरी जोगिन सकिन्छ ? भन्ने जिज्ञासा जनमानसमा परेको छ।

कोभिड भाइरसबारे भ्रम र तथ्य के हो भन्नेबारे एभरेष्ट अस्पतालका फजिसियन डा. सरोज गौडेलको भनाई प्रस्तुत गरेका छौँः

कोभिड–१९ बारे नेपालमा अहिले पनि धेरै नै भ्रमहरु भेटिने गरिन्छ । जुन तथ्यहिन र प्रमाणविहिन छन्  । जसमा अहिले कोभिड–१९ रोकथामका लागि लगाइने खोप एक भ्रमको केन्द्रविन्दु बनेको छ ।

हाल नेपालमा ४० प्रतिशतभन्दा बढीले पूर्ण खोप लगाइसकेको छन् । खोप लगाएका धेरै मानिसहरुले भन्ने गरेका छन् की ‘मैले पूर्णरुपमा खोप लगाएको छु, मलाई कोभिड–१९ संक्रमण हुदैन’ भन्ने छ। र, पछिल्लो समय धेरैले आफूलाई पहिले नै कोभिड–१९ को संक्रमण भैसकेको र दुवै मात्रा खोप लागाइसकेकोले आफूलाई कोभिडको जोखिम नहुने भन्दै सामाजिक दुरी पालना नगर्ने, माक्सको प्रयोग नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने र भिडभाड जाने प्रवृतिहरु भैरहेको पाइएको छ ।

यस्तो, भ्रमजन्य कुराहरुको पछि नलागि अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने र सामाजिक दुरी कायम गर्ने गरौ । किनकी अहिले कोभिडको जोखिम पहिला संक्रमित भएका बिरामीलाइ र दुवै मात्रा खोप लगाउनेलाई रोगबाट हुने गाम्हिर्यता कम देखिएता पनि पुन: कोभिडको संक्रमण देखिरहेको छ । त्यसैले, अहिलेको अवस्थामा बच्ने उत्तम तरिका भनेको सामाजिक दुरी कायम गर्ने र माक्स, सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने र कोभिड विरुद्धको खोप नलगाएकाले खोप लगाउने नै अहिलेको समयमा कोभिडबाट बच्ने अत्तिउत्तम उपाय हो ।

नेपाल सरकारले पनि अब ५० प्रतिशतले खोप लागाइसकेपछि बुस्टर डोज लगाउने भनेको छ । बुस्टर डोज कोभिड विरुद्ध कतिको लाभदायिक छ त ? किन बुस्टर खोप लगाउने त ? भन्ने कुरा पनि आउन सक्छ ।

यसबारेको तथ्य के हो भने जब हामीले  २ डोज  खोप लगाउछौं । त्यो भ्याक्सिनको प्रभाव विस्तारै घट्दै जान्छ र बुस्टरले कोभिड विरुद्ध थप प्रतिरोधात्मक क्षमता बढाउछ भन्ने विश्वास राखिएको छ । केहि समय अगाडि कोभिडको बिरामी दर कम हुँदै गएको थियो । अहिले पछिल्लो समय अस्पतालमा फेरी पनि कोभिडका बिरामीहरुको चाप दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।

अस्पतालमा रुघा खोकी लाग्ने, ज्वरो आउने, जिउ दुख्ने र  झाडापखाला लागेका बिरामीहरु बढ्दो छन। र, उनीहरुलाई कोभिडको शंङ्का देखिदै गर्दा पनि कोभिडको परिक्षण गर्न लगाउँदा नमान्ने र  हिचकिचाउने देखिन्छ।  पहिलाको जस्तो ‘परीक्षण गर्छु आफू पनि बच्छु अरुलाई पनि बचाउछु’ भन्ने खालको अबस्था थियो । चेकजाच गर्नका लागि पनि आफै गएर गर्दथे भने अहिले त्यो अवस्था छैन । अहिले अस्पतालमा आउने ९० प्रतिशतभन्दा धेरैमा लक्षणहरु देखिएर आएका बिरामीलाई कोभिड–१९ परीक्षण गर्न लगाउदा नमान्ने गरेको पाइन्छ ।

‘कोभिड हुनको लागि मेरो नाकले बास्ना थाहापाउन छाड्न पर्याे कि खानको स्वाद थाहापाउन छाड्न पर्यो अनि मात्र मलाई कोेभिड-१९ हुन्छ’ भन्ने अहिले धेरै मानिसमा यस्तो मानसिकता रहेको पाइन्छ । तर, यतिमात्रै होइन । कोभिड–१९ को नयाँ-नयाँ भेरियन्टहरुका लक्षणहरु फरक-फरक रहेका छन् ।

ज्वरो आएर, जिउ दुखेर र पखाला लागेर आएका बिरामीहरुलाई पनि कोभिड-१९ को संक्रमण भएको पाइएको छ । कोभिड-१९ संक्रमण हुनको लागि स्वाद नै हराउन पर्छ नाकले गन्धथाहापाउनै छाड्न पर्छ भन्ने हुदैन । कोभिड विरुद्धको पूर्ण खोप लगाइसकेको भएता पनि उनीहरुलाई संक्रमण देखिन सक्छ ।

खोप लगाएकाहरुलाई साधारण लक्षणहरु देखिने भएकाले उनीहरुले चिकित्सकको सल्लाहबमोजिम १० दिनसम्म घरमै बसेर चिकित्सकले दिएको लक्षणअनुसारको औषधीहरु सेवन गर्ने र धेरै मात्रामा तातो झोलिलो चिजहरु खाएर घरमै आराम गरेमा पनि ठिक हुन्छ ।

अहिले फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भेटिएको भ्रमजन्य टिप्पणीको गलत प्रयोग गर्ने र आफैले प्रेस्कीप्सन बनाएर २,३ थरिका एन्टिबायोटिकस, स्टोरोइडसहरुको गलत प्रयोग गरेर यति औषधी खायो भने ठिक हुन्छ भनेर लिस्ट नै तयार गरेको पनि पाइएको छ । यो एक गलत मान्यता र ठुलो भ्रम हो ।

अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै औषधी बनेको छैन । यो नबन्दै गर्दा कुनै पनि किसिमको भ्रममा नलागेर चिकित्सकको सल्लाहमा रहेर अन्य औषधीजन्य कुराहरु नखाने र चिकित्सकको सल्लाह सधै लिने गर्नुपर्छ ।

त्यस्तै, हामी  वर्षेनी भाइरल इन्फ्लुएन्जा भ्याक्सिन लागाउछौँ । त्यो भ्याक्सिनले हामीलाई मौसमी रुघाखोकी र ज्वरोबाट बचाउँछ । यसको  फाइदा के छ ? भने, हामीलाई थाहा भएकै कुरा हो, कोभिडको सुरुवाती चरण भनेकै मौसमी रुघाखोकी र ज्वरो हो । यो खोप लगाए पछि  मौसमी रुघाखोकी र ज्वरो मात्र कम भयो भने कोभिडको डर र भयबाट बच्न सकिन्छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ