२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यके हो क्यान्सर रोग ? कसरी बच्न सकिन्छ ?

के हो क्यान्सर रोग ? कसरी बच्न सकिन्छ ?


क्यान्सर नसर्ने रोग हो। यो रोगलाई प्राणघातक रोगको रुपमा लिइने गरिन्छ। यो रोग प्राय सबै उमेर वर्गलाई लाग्ने गर्छ। वर्षेनी लाखौ मानिस यस रोग कै कारण मृत्युको मुखमा पुग्छन।

क्यान्सर रोग कसरी पहिचान गर्ने ?

क्यान्सर शरीरको जुनसुकै भागमा पनि देखिन सक्छ। शरीरको जुन भागमा क्यान्सर देखियो त्यसअनुसार लक्षण देखिन्छन् । उदाहरणका लागि फोक्सोमा क्यान्सर छ भने लामो समयदेखि ज्वरो आउने, कफ बढी आउने, लामो समयदेखि खोकी लाग्ने र रगत देखा पर्नेजस्ता लक्षणहरु देखिन्छन्।

क्यान्सर रोग कस्तो प्रकारको रोग हो ?

हाम्रो शरीरमा विभिन्न कोषिकाहरु हुन्छ। यो आफैं बन्ने प्रक्रियामा हुन्छ। कोषिका बन्ने प्रक्रिया धेरै भयो र अनियन्त्रित बन्यो भने क्यान्सरको जोखिम हुन्छ। त्यो अनियन्त्रित बाहिरको कोषिकाहरु पछि बढ्दै जाने र एउटा ठाउँबाट अर्को ठाउँहरुमा सर्यो भने त्यो खालको रोगलाई क्यान्सर भनिन्छ। उक्त, अनियन्त्रित कोषिका शरीरको टाउकोमा, स्तनमा, छातीमा, मस्तिष्कमा, फोक्सोमा जता पनि बढ्दै जाने गर्छ। जसले पछि ज्यानै जाने हुन्छ। क्यान्सर अंगअनुसार लक्षणहरु देखाउँछन  गर्छ। अर्थात, जुन भागमा लागेको हो त्यही अनुसारको प्रतिक्रिया देखाउने गर्छ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार प्रतिवर्ष विश्वमा करिब १ करोड २० लाख नयाँ क्यान्सरका बिरामी देखिन्छन् । भने वर्षेनी ७५ लाख क्यान्सर पिडितको मृत्यु हुने गरेको छ । प्राय हाम्रो देशमा मात्र नभई विश्वमा नै मुख, फोक्सो, आन्द्रा, पित्तथैली र पेट सम्बन्धि क्यान्सर बढी देखिएको पाइन्छ। मुख सम्बन्धि क्यान्सर लाग्ने मुख्य कारण बनेको बढी धुम्रपान र मद्द्पान नै हो । यी सेवनमा नियन्त्रण गर्न सकियो भने क्यान्सर हुने जोखिम कम हुन्छ।

त्यस्तै, अर्को साझा रोग फोक्सो सम्बन्धि क्यान्सर पनि बढी हो। यसको मुख्य कारण पनि धुम्रपान नै पर्दछ। अहिले त भर्खरका किशोर-कोशोरी देखि वृद्धवृद्धाहरुमा पनि धुम्रपान गर्ने गरेको देख्न पाइन्छ। यसका लागि खुल्ला ठाउमा धुम्रपान सेवन गर्न प्रतिबन्ध लगाउने जस्ता मापदण्ड ल्याउन सकेमा यसबाट केहि हदसम्ममा बच्न सकिन्छ। अझ आफै सचेत भै धुम्रपान मद्यपान नगर्दा झनै जोखिम कम हुने गर्दछ।

पित्तथैलीमा हुने क्यान्सर बढी मात्रामा बाहिरको खानेकुरा खाँदा, पोलेको खानेकुराहरु खाँदा पनि लाग्ने गर्छ। यी कुराहरुमा ध्यान दिंदा पनि जोखिम कम हुन्छ। महिलाहरुलाई लाग्ने स्तन क्यान्सर पनि अहिले एउटा साझा रोगको रुपमा देखिएको छ। ८ जना महिलामा १ जनालाई क्यान्सर हुने तथ्यांकले नै देखाएको छ। ४० काटेका महिलाहरुले वर्षमा एकपटक यसको परीक्षण गराउनु पर्दछ।

वंशाणुगत पनि क्यान्सर देखिने सम्भावना भएको हुँदा वर्षमा एकपटक यससम्बन्धी परीक्षण गराएमा यसबाट जोगिन सकिन्छ।

क्यान्सरको उपचार पद्दति

सुरुवाती चरणमा क्यान्सर लागेको छ भने शल्यक्रियाबाट निर्मुल पार्न सकिन्छ। रेडियो थेरापी र किमो थेरापीबाट पनि यसको उपचार हुन्छ। त्यसबाहेक अन्य थेरापीहरु जस्तो कि टार्गेट थेरापी, इमुनोथेरापी, हर्मोन थेरापी  पनि आएका छन्। सुरुवाती चरणमा क्यान्सर पहिचान गर्न सकियो भने यसको निदान हुन्छ। समयमै ध्यान दियौं भने क्यानसरलाई निर्मुल पार्न सकिन्छ। तर, नेपालको सन्दर्भमा क्यान्सर सम्बन्धि सचेतनाको कमीले लक्षण देखिए पनि अस्पताल सहन नसक्ने अवस्थामा मात्रै जाने जस्ता वाणीका कारण ढिला पहिचान भै क्यान्सरबाट बच्न मुस्किल हुने गर्छ। त्यसैले समय मै नै यसको पहिचान गर्न सके छिटै निदान पनि गर्न सकिन्छ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ