२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययी हुन् ओमिक्रोन हुँदा देखिने लक्षणहरु

यी हुन् ओमिक्रोन हुँदा देखिने लक्षणहरु


ओमिक्रोन भेरियन्टले विश्वका कयौं देशलाई प्रभावित बनाएको छ। अहिले विश्वभरि यसको संक्रमण र त्यसबाट हुने रोगको त्रास छ। संक्रमणको केस तीव्ररुपमा बढिरहेको छ।

उक्त भेरियन्टको फैलावटलाई कम गर्न  कतिपय देशले लकडाउन समेत् लगाइसकेका छन्। नेपालमा पनि ओमिक्रोनका केसहरु देखिसकेका छन्। ओमिक्रोनसँगै डेल्टा संक्रमणका केसहरु बढ्दै गएपछि यसको नियन्त्रणका लागि कसरी अगाडी बढ्ने भन्नेबारेमा अधिकारीहरुले छलफल गरिरहेका छन्।

हालै देखिएको उक्त नयाँ भेरियन्टका लक्षण के-कस्ता छन् भन्ने जिज्ञासा सबैमा छ। यस्तोमा विज्ञहरुले ओमिक्रोनका प्रारम्भिक लक्षणमा ध्यान दिएमा नियन्त्रण गर्न सहज हुने बताएका छन्।

१. नीलो र खैरो नङ

यो ओमिक्रोनको प्रारम्भिक लक्षणहरूमा देखिन्छ। ओमिक्रोन संक्रमितको रगतमा अक्सिजनको कमी हुन्छ । जसका कारण उनीहरुको नङ नीलो हुन थाल्छ । यदि तपाइँ यस्तो केहि देख्दै हुनुहुन्छ भने डाक्टरलाई सम्पर्क गर्नुहोस्।

२. छालामा असर

छालामा एक्कासी दाग ​​देखा परे, ओठ निलो भए, चिलाउने समस्या भएमा चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।

३. श्वास फेर्न कठिनाई

यदि तपाईलाई अचानक श्वास फेर्न समस्या हुन थाल्छ र छाती कसिएको महसुस हुन्छ भने यस्तो अवस्थामा पनि निश्चित रूपमा डाक्टरसँग परामर्श लिनुपर्दछ।

४. थकान र शरीर दुख्ने

यसको संक्रमण हुंदा बढी थकाइ लाग्ने र शरीर दुख्ने हुन्छ। यसबाहेक कम्मरको तल्लो भागमा असह्य पीडा हुन्छ । यी लक्षणहरू ओमिक्रोनका कारण हुन सक्छ।

५. राति पसिना आउने

यदि तपाईंलाई राती सुत्दा पसिना आउँछ भने यो पनि ओमिक्रोनको लक्षण हुन सक्छ।

ओमिक्रोनका अन्‍य लक्षण

  • घाँटी दुख्ने,
  • नाकबाट सिगान बग्नु र नाक बन्द हुनु,
  • टाउको दुखाइ,
  • थकान,
  • हाच्छिउँ आउनु,
  • शरीर दुखाइ,
  • आँखाबाट आशु बगिरहनु,
  • र, छालामा रातो नीलो दाग वा दाग देखिनु।

क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ