२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययस्ता स-साना गल्तीले आँखाको ज्योति घुम्न सक्छ, सचेत हुनुहोस्

यस्ता स-साना गल्तीले आँखाको ज्योति घुम्न सक्छ, सचेत हुनुहोस्


आँखालाई भगवानले दिएको सबैभन्दा सुन्दर उपहार मानिन्छ । आँखाबिना संसारका सुन्दर चीजहरूको आनन्द लिन सकिँदैन। यही कारणले गर्दा स्वास्थ्य विशेषज्ञहरूले सबै मानिसहरूलाई आँखाको सुरक्षाका लागि निरन्तर उपायहरू गर्न सल्लाह दिन्छन्। प्राय: हामीले जानीजानी वा नजानी यस्ता धेरै गल्ती गर्छौं, जसले आँखामा गम्भीर क्षति हुने खतरा बढाउँछ। गम्भीर अवस्थामाले दृष्टि गुमाउन सक्छ।

आँखा विज्ञहरू भन्छन्, पछिल्लो समय हाम्रो जीवनशैली यति अव्यवस्थित भएको छ, जसले आँखाको स्वास्थ्यमा नराम्रो असर गरिरहेको छ । सानै उमेरमा मानिसमा आँखाको धेरै गम्भीर समस्या हुने गर्छ । आँखाको स्वास्थ्य कायम राख्न आहारको पनि विशेष भूमिका हुन्छ। पोषणयुक्त खानाको कमीले आँखाको ज्योतिमा नकारात्मक असर पर्न सक्छ । केही यस्ता बानीहरूको बारेमा जानौं जसले हाम्रो आँखालाई गम्भीर क्षति पुर्‍याउँछ। यसलाई तत्काल सच्याउन जरुरी छ ।

बढ्दै गएको स्क्रिन टाइम

स्क्रिनमा धेरै समय बिताउनु तपाईंको आँखाको लागि हानिकारक हुन सक्छ। यद्यपि स्क्रिनको समय अधिकांश मानिसहरूको दैनिक जीवनको नियमित भाग भएको छ। स्क्रिन जुनसुकै किन नहोस् मोबाइल, टिभी, ल्यापटप, सबै प्रकारका स्क्रिनमा बढी समय बिताउँदा आँखालाई अस्वस्थ बनाउन सक्छ । यसले आँखा सुख्खा हुने, रातो हुने र चिलाउने समस्या हुन्छ । कम उज्यालोमा स्क्रिन हेर्दा आँखामा थप तनाव हुन्छ।

आहारमा पोषक तत्वको कमी

आँखालाई स्वस्थ राख्न धेरै पोषक तत्वको आवश्यकता पर्दछ । भिटामिन ‘ए’, जिंक, ओमेगा-३ फ्याटी एसिड र भिटामिन ‘सी’जस्ता पोषक तत्वहरू आँखालाई स्वस्थ राख्नको लागि आवश्यक हुन्छ। गाजरलाई आँखाको दृष्टिका लागि राम्रो खाना मानिन्छ । पहेँलो र सुन्तला रंगका फलफूल तथा तरकारीहरू, गाढा पातदार सागसब्जी, अण्डा र बदाम जस्ता खानेकुराहरू आँखाको ज्योति बढाउन र स्वस्थ राख्नका लागि फाइदाजनक खानाका रूपमा परिचित छन्।

निन्द्राको कमी

यदि तपाई पनि हरेक दिन ७-९ घण्टा सुत्न सक्नु हुन्न भने यस्तो बानी तपाईको मानसिक स्वास्थ्यका साथै आँखाका लागि पनि हानिकारक हुन सक्छ । पर्याप्त आराम नपाउँदा आँखा रातो हुन सक्ने चिकित्सकहरू बताउँछन् । यस बाहेक यो बानीले आँखा सुक्खा हुने र दृष्टि धमिलो हुन सक्छ । आँखाको स्वास्थ्यलाई राम्रो बनाउनका लागि राति राम्रो निन्द्रा लिनु निकै महत्वपूर्ण मानिन्छ ।

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ