२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यजाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ?

जाडोमा देखिने सोरायसिस रोग के हो ? कसरी बच्ने ?


व्यक्तिमा जाडोयाममा देखिने विभिन्न छाला रोगमध्ये सोरायसिस पनि एक हो । अन्य समयमा देखा पर्ने भएपनि यसले तुलनात्मक रुपमा व्यक्तिलाई बढि सताएको देखिन्छ । सोरायसिस छालामा हुने अटो इम्युन रोग हो।

प्रायजसोः घुँडा, कुहिनो, टाउको र ढाडका भागमा रातो दादको साथ देखा पर्ने यो समस्या समयमै उपचार नगरेको खण्डमा बढ्दै जान्छ । र, कालान्तरमा यसले उग्र रुपमा लिई यो सम्पूर्ण शरीरभर नै फैलिएर जाने हुन्छ ।

कारण

  • आणुवंशिक
  • चिसो हावापानी
  • छालाको संक्रमण
  • छालामा लागेका चोटपटक
  • तनाव
  • धूम्रपान तथा धुवाँजन्य वातावरण
  • अत्याधिक मद्यपानको सेवन
  • र, केहि विशेष औषधिको प्रयोग ।

लक्षण

  • छालाका भागहरु रातो एवम् बाक्लो पाप्रामा परिणत हुनु,
  • साना स्केलिङ स्पटहरू देखिनु (बालबालिकाको हकमा),
  • छाला सुख्खा हुनु वा फुट्नु,
  • सुख्खा छाला कन्याउँदा रगत बग्नु,
  • छाला चिलाउनु,
  • छालामा जलन वा दुखाइ महशुस हुनु,
  • नङको आकार तिखो वा दबिदैँ जानु,
  • जोर्नी कडा हुनु र सुन्निनु ।

बच्ने उपाय

  • पर्याप्त मात्रामा पानीको सेवन
  • झोलिलो खानालाई प्राथमिकता दिने
  • छाला सुख्खा हुन नदिन मोस्चराइजर क्रिमको प्रयोग
  • नुहाउँदा वा शरीर सफा गर्दा मनतातो पानीको मात्रै प्रयोग गर्नु
  • बन्द कोठामा हिटर र आगोजन्य सामाग्रीको प्रयोग नगर्ने
  •  छालामा साबुन लगाउन तुरुन्तै बन्द गर्ने,
  • र, उचित आहारको सेवन ।

 

-एजेन्सी


क्याटेगोरी : जनस्वास्थ्य, महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ