२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्ययी ५ लक्षणहरु देखिए नयाँ एक्सबीबी.१.१६ भाइरस संक्रमण भएको हुन सक्छ

यी ५ लक्षणहरु देखिए नयाँ एक्सबीबी.१.१६ भाइरस संक्रमण भएको हुन सक्छ


सन् २०२२ को अन्तमा जीन सिक्वेनसिंग गर्दा ओमिक्रोन भेरियन्ट १७ स्वरुपमा (सब–भेरियन्ट) देखा परेको थियो । यद्यपि ततपश्चातः धेरैको अनुमान विपरित संक्रमितको संख्या भने एक अंकमा नै सिमित रहँदै आइरहेको थियो ।

दर्जनभन्दा बढी स्वरुपमा देखा परेको ओमिक्रोन खासगरी जनस्वास्थका मापदण्ड पालना गर्न छोड्दै गर्दा बढ्ने अनुमान गरिएको थियो । अहिले तीन महिनापछि भने कोभिड संक्रमितको संख्या दुई अंकमा उक्लिएको देखिन्छ । योसँगै लक्षणसहितका बिरामीहरु पनि देखिन सुरु भएको देखिन्छ ।

२० चैतमा सार्वजनिक गरेको जीन सिक्वेनसिङको नतिजाले ओमिक्रोनको नै तर विभिन्न नयाँसहित ९ स्वरुपमा (सब–भेरियन्त) देखिएको र हालको कोभिड संक्रमितको संख्या बढ्नुको कारक मानिएको छ ।

यी विभिन्न स्वरुपमा (सब–भेरियन्ट) एक्सबीबी.१.१६ सबैभन्दा बढी संक्रमितमा देखिएको छ । हाल भारतमा संक्रमितको संख्या बढाउनुमा पनि ओमिक्रोनको यहि सब–भेरियन्त कारक मानिएको छ । तर, यही समयमा मौसमी फ्लू पनि देखिदा बिरामीहरु कोभिड—१९ हो कि फ्लू भाइरस भन्नेमा अलमल भएको देखिन्छ ।

यी दुई भाइरसको सर्ने तरिका र लक्षण एक अर्कासँग मिल्दो जुल्दो देखिएपनि उपचार र परामर्शमा भने फरक पर्ने गर्दछ ।

कोभिड–१९ सब भेरियन्ट एक्सबीबी.१.१६ कस्ता लक्षणहरु देखिएका छन् ?

१. जाडो लाग्नु
२. स्वाद वा गन्ध थाहा नपाउनु
३. टाउको वा जीउ/ढाड असाध्य दुख्नु
४. अति थकान महसुस हुनु
५. सुख्खा खोकी लाग्नु

यी लक्षणहरु हाल नेपालमा देखा परेका ओमिक्रोनको नयाँ भाइरस संक्रमितमा देखिदैं आइरहेको भएतापनि प्रयोगशाला परिक्षणपछि मात्र निश्चित निदान गर्न सकिनेछ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ