२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहेडएक एण्ड भर्टाइगो के हो ? कसरी गर्ने उपचार ?

हेडएक एण्ड भर्टाइगो के हो ? कसरी गर्ने उपचार ?


कुनै पनि किसिमको टाउको दुखाइ अथवा टाउको दुख्ने किसिमका लक्षणहरुलाई हेडएक भनिन्छ । भर्टाइगो रिङ्गटा लाग्ने अथवा टाउको दुख्ने समस्या हो । टाउको दुख्ने र रिङ्गटा लाग्ने रोग अथवा त्यस प्रकृतिको समस्यालाई नै हेडएक एण्ड भर्टाइगो भनिन्छ ।

यसको विशेष उमेर, लिङ्ग हुँदैन् । सामान्यतयाः हेडएक एण्ड भर्टाइगो सबै उमेर समूहकालाई हुन्छ । एकदमै सानो बच्चा जसले बोल्न सक्दैन्, उनीहरुमा पनि यो समस्या हुन सक्छ । तर, भन्न नसकेको हुन सक्छ ।

कुनै पनि मानिसमा टाउको दुख्ने, रिङ्गटा लाग्ने समस्या हुन सक्छन् । यो एकदम साझा समस्याका रुपमा रहेको छ । गाउँघर, सहरबजार जहाँ पनि हुन सक्छ । हामी आफैंलाई पनि भइरहेको हुन सक्छ । केही सामान्य कुराहरु गर्दा अथवा नगरिकन चुप लागेर बस्दा पनि टाउको दुखाइ अथवा रिङ्गटा लाग्ने कुराहरु भइरहेका हुन्छन् । जसलाई हामी हेडएक एण्ड भर्टाइगो भन्छौं ।

लक्षणहरु

—समय—समयमा टाउको दुख्नु
—ज्वरो आउनु
—रिङ्गटा लाग्नु
—आफै घुमेको जस्तो हुने वा आफू वरिपरीको घुमेको अनुभव हुने
—आँखा हेर्न नसक्नु
—काम गर्न नसक्नु
—वाकवाकी लाग्नु

हेडएक भनेको टाउको दुखाइ हो । टाउको कसरी दुख्छ, कुन टाइममा दुख्छ अथवा यसको प्रकृति कस्तो छ । ज्वरो आउँदा र ज्वरो नआउँदाको दुखाइ कस्तो छ । सामान्य रुपको दुखाइ हो कि खराब किसिमको सहन नसक्ने खालको दुखाइ हो जस्ता कुराहरु हेर्नुपर्ने हुन्छ । यसमा आफ्ना—आफ्ना किसिमका प्यारामिटर नाप्ने अथवा जाँच्ने कुराहरु पनि हुन्छन् । यो टाउको दुखाइको कुरा हो ।

रिङ्गटा लाग्ने समस्यामा हामीले दुई, तीन वटा कुरा बुझ्नुपर्छ । आफैं घुमेको जस्तो हुने अथवा आफ्नो वरिपरिको जे कुरा छ त्यो वरिपरि घुमेको हुने हुन्छ । यो दुईटा कुराहरुमध्ये केही न केही कुरा मिल्न आयो । जस्तोः रिङगटा लाग्यो अथवा टाउको घुमायो अथवा हाम्रो वरिपरी केही कुराहरु घुमिरहेको छ भने त्यसलाई हामी भर्टाइगोको लक्षण मान्छौं ।

विशेष रुपमा कुनै मान्छेलाई भर्टाइगो भइरहेको छ । रिङगटा लागेको छ भने मानिस आफैंले पनि एउटा कुरा विचार गर्न सकिन्छ । उसले आफ्नो दैनिक क्रियाकलाप केही पनि गर्न सक्दैन्, आँखाहरु हेर्न नसक्ने, कामहरु गर्न नसक्ने अवस्था हुन्छ । अरु लक्षणहरु हुन सक्छन् । भोमेटिङ भइरहेको हुन सक्छ । टाउको दुःखीरहेको हुन्छ । भर्टाइगो हुँदा मस्तिष्क, कानको भित्री भाग, आँखाजस्ता अंगहरुमा हामीले ध्यान दिनुपर्ने हुन्छ । यसले स्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको हुन्छ । बिरामी अवस्थामा त घातक हुन्छ । तर, उपचार सम्भव छ ।

भर्टाइगोबाट कसरी बच्ने ?

सबैभन्दा पहिला के कुराले भर्टाइगो भइरहेको छ भन्ने कुरा जान्न आवश्यक छ । त्यसको कारण बुझ्नुपर्छ । कारण थाहा भयो भने हामी त्यसको निगरानी र उपचार त्यो हुनुभन्दा अगाडि नै गर्न सक्छौं । हामीले विचार गर्नुपर्ने कुरा कानको कुनै समस्या छ कि छैन । आँखाको कुनै समस्या छ कि छैन । मस्तिष्क सम्बन्धि कुनै समस्या छ कि छैन । इलेक्ट्रोलाइट्स चेन्ज भइरहेको हुन्छ, हाम्रो शरीरमा सोडियम, पोटासिएम, क्यालसियमजस्ता कुराहरुको कुनै चेन्ज आएको छ कि छैन भन्ने कुराहरु हामीले बुझ्नुपर्ने हुन्छ । त्यो कुराहरु हामीले थाहा पायौं भने जुन कुरा हामीलाई भइरहेको छ अथवा हुन सक्छ त्यो कुराबाट हामी बच्न सक्छौं । वा ती भइरहेको कुराहरुलाई समयमा नै हेरचाह गरियो भने हामी भर्टाइगोबाट बच्न सक्छौं ।

रोगको कारण पत्ता लाग्यो भने यसको उपचार सम्भव छ । केही रोगहरु यस्ता पनि हुन्छ, जसको उपचारबाट रोग निको हुँदैन् । यो कानको रोगको कारणले भएको हो भने कानको उपचार गर्नुपर्छ । कानको कुरा गर्दा कानभित्र ल्याब्रिन हुन्छ, इन्टर्नल एयरको कुरा हुन्छ, एक्स्ट्रर्नलको कुरा हुन्छ त्यसको उपचार गर्नुपर्छ । त्यसपछि अन्य बायोकेमिकल इभेन्टसहरु रहेछन भने त्यसको कुरामा लाग्नुपर्छ । मुटुको चाल गतिको कमी भएर, ब्रेनमा केही इन्जुरी छ भने त्यसको उपचार पूर्ण रुपमा गर्न सकिन्छ । कारण पत्ता लगाउन सकिएन भने यो रोगबाट मुक्ति पाउन अत्यन्तै गाह्रो हुन्छ ।

प्रस्तुतिः सिर्जु थापा


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ