२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः टिएमडी अर्थात अनुहारको जोर्नीको समस्या, कसरी थाहा पाउने ?

भिडियो रिपोर्टः टिएमडी अर्थात अनुहारको जोर्नीको समस्या, कसरी थाहा पाउने ?


काठमाडौं—विभिन्न भागहरु मिलेर बनेको हाम्रो अनुहारको जोर्नी अनुहारको महत्वपूर्ण अंग मानिन्छ । यो दुवै कानको ठ्याक्कै अगाडि पर्ने गर्छ । यो माथिल्लो र तल्लो जबडा मिलेर बनेको हुन्छ ।

यसमा कुनै पनि किसिमको समस्या देखिनुलाई डेम्पोरोमेडिबुलर ज्वाइन्ट डिसअर्डर अर्थात छोटकरीमा टिएमडी भन्ने गरिन्छ ।

सामान्तयाः कुनै चोटपटक लागेका, कसैको दाँत किट्ने बानी, नमिलेको दाँतहरु, कृत्रिम दाँतहरु, लामो समयसम्म दाँतको उपचार गरेको खण्डमा, मुख धेरै खोल्नु परेको अवस्थामा अथवा कसैलाई मानसिक तनाव आदि इत्यादि कारणले गर्दा अनुहारको जोर्नीको समस्या देखिने गर्छ ।

यसका मुख्य तीन लक्षणहरु हुन्छन् । अनुहारको जोर्नी वरिपरीका मांशपेशी र कान दुख्ने, टाउको दुख्ने, त्यो दुखाइ फैलिएर घाँटीसम्म अथवा कन्चनसम्म पुग्ने, मुख खोल्दा र बन्द गर्दा कानको ठ्याक्क अगाडि किटकिट ध्वनि आउने, मुख धेरै नखुल्ने अथवा धेरै खुल्नेलगायतका लक्षण टिएमडीका हुन्छन् ।




क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ