२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यअनुहारमा किन आँउछ चाया पोतो ?

अनुहारमा किन आँउछ चाया पोतो ?


अनुहारको विभिन्न भाग गाला, निधार, नाक र च्युडोमा हल्का कालो र खैरो दाग आउँछ । त्यसलाई हामी चाया पोतो भन्छौं । यो विशेषगरी गर्भवती अवस्थामा हर्मन परिवर्तनको कारणले आउँछ ।

चाया पोतो आउँदा चिलाउने वा दुख्ने केही पनि हुँदैन् । तर, अनुहार कुरुप देखिन्छ । गर्भवती अवस्थामा आएको चाया पोतोलाई ‘ग्लोआज्मा’ भनिन्छ । कसै—कसैमा गर्भवती अवस्था सकिएपछि पनि आइरहेको हुन्छ । कसै—कसैमा पछि आफै जान्छ । धेरैजसोमा यो जाँदैन् ।

चाया पोतो आउनुको कारण

  • हर्मन परिवर्तन
  • तनाव
  • कम निन्द्रा
  • बजारका धेरै प्रकारका क्रिमको प्रयोग

चाया पोतोको रोकथामका उपाय

  • बजारमा पाइने क्रिमको प्रयोग नगर्ने
  • निन्द्रा पुग्ने गरि सुत्ने
  • प्रशस्त मात्रामा पानी पिउने
  • छालालाई सुख्खा नराख्ने
  • स्वस्थ्यकर खाना खाने
  • घरपरिवारले साथ र सहयोग गर्ने

छालालाई सुख्खा पनि राख्न मिल्दैन र बजारमा क्रिम किनेर पनि लगाउन मिल्दैन, किन ?
बजारमा पाइने जस्तो पनि क्रिम लगाउन हुँदैन् । यस्तो क्रिमहरुले छालालाई सिधा असर गर्दछ । तर, डाक्टरको सल्लाहअनुसारको क्रिम प्रयोग गर्नु छालाको लागि उपयुक्त हुन्छ ।

त्यसैगरी, गर्भवती अवस्थामा छालालाई सुख्खा राख्नु हुँदैन् । यो अवस्थामा सुख्खा छालालाई घामले दोब्बर असर गर्छ । सुख्खा छालामा घामको असरले चाया पोतो आउने सम्भावना पहिलाभन्दा धेरै हुन्छ । सुख्खा छालाको लागि मोस्टराइजरहरु प्रयोग गर्नु राम्रो हुन्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ