२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहृदय विफल के हो ? यसबाट कसरी बच्ने ?

हृदय विफल के हो ? यसबाट कसरी बच्ने ?


हृदय विफल मुटुको कारणले गर्दा मानिसलाई श्वास फेर्न गाह्रो हुनु हो । मुटु सुन्निएर मुटुको पम्पिङ कमजोर हुन्छ भने त्यसलाई हृदय विफल भनिन्छ ।

हृदय विफल दुई कारणले हुन्छ । हृदय विफलले मान्छेमा विभिन्न समस्याहरु देखा पर्छन् । जस्तैः हात खुट्टा सुनिने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन सक्छन् । अर्को, हृदय विफल भनेको कुनै समस्या देखिदैन्, तर पनि हृदय विफल हुन्छ ।

यो हृदय विफलको कारण अरु समस्याहरु भएर हुन्छ । जस्तैः प्रेसर, सुगर र मोटोपनाले हुने हुन्छ । यो कारणहरुले मुटुले आराम गर्न सक्दैन् र मुटु विफल हुन्छ ।

मानिसमा जन्मजात नै मुटुको कोठाहरु बाक्लो भएको हुन्छ । मुटुका कोृठाहरु बाक्लो हुँदा पम्पिङ हुन सक्छ । तर, मुटुले आराम गर्न सक्दैन् । यसले पनि हृदय विफल हुन्छ ।

हृदय विफल हुनुका लक्षण

  • पेट सुनिने
  • हात खुट्टा सुनिने
  • पिसाब कम हुने
  • श्वास फेर्न गाह्रो हुने

हृदय विफलका कारणहरु

  • जन्मजात
  • बाथरोग
  • हृदयघात
  • एनिमिया
  • उच्च रक्तचाप
  • सुगर
  • कोलेस्ट्रोल
  • चुरोट बिँडीको सेवन
  • शारीरिक अभ्यास राम्रो नहुनु

हृदय विफलबाट कसरी बच्न सकिन्छ ?

सामान्यतयाः बच्चाहरुलाई इन्फेक्सनबाट ट्रन्सिल भएर बाथ रोग भएको हुन्छ ।  टन्सिलको उपचार समयमै गर्नुपर्छ । यो धेरै हदसम्म बच्चामा हुने ‘रोमटिक मुटु रोग’ भएका बच्चाहरुमा हुन्छ । यसलाइ कम गर्न सकिन्छ ।

कोलेस्ट्रोल, उच्च रक्तचाप र सुगरजस्ता रोगहरुबाट बच्नुपर्छ । यो रोगहरु लाग्न नदिने कुरामा जोड दिनुपर्छ । भइहालेको खण्डमा चाँडो उपचार गर्नुपर्छ । यी रोगहरुबाट बच्न सकियो भने हामी हृदय विफलबाट पनि बच्न सक्छौं ।

यस्ता रोगहरु आफ्नो परिवारमा आमाबाबु कसैमा छ भने आफू सचेत भएर जाँच गराउनुपर्छ ।

प्रस्तुतिः श्रृजना खड्का


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ